उच्च जोखिम ठाउँमा ब्लक हालेर पिलिमा सडकमा सहजता(तस्विर सहित)

7
SHARES
15
VIEWS

कालीकोट । सडक डिभिजन कार्यालय जुम्लाले सडकमा स्तरन्नोतिको काम तिव्र रुपमा बढाएको छ ।

कालीकोट जिल्लाका विभिन्न ठाउँमा सडक कालोपत्रेको काम तिव्र पारिएको छ भने वर्षाै देखि निर्माणमा अलपत्र पक्कि पुलहरु धमाधम बन्न थालेका छन । यसै क्रममा खांडाचक्र नगरपालिकाको पिलिको उकालोमा यातायातका साधनहरुलाई सास्ति हुने गरेको पिलि मोडमा व्लक हालेर सडकको काम गरिएपछि आवत जावतमा सहज भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीका अनुसार पछिल्लो समयमा कालीकोटमा मात्र ७ दशमलव २ किलो मिटर सडक कालोपत्रे भएको बताउनु भएको छ । वहाँका अनुसार जिल्लामा पक्कि पुलहरु पनि बन्ने क्रम बढेको बताउदै लालु खुलालु पुलको अनुगमन गर्दै अब छिट्टै पुल बन्ने ठोकुवा गर्नु भएको छ ।

सडक कालोपत्रेमा स्तरिय नभएको गुनासाका बारेमा कार्यालय प्रमुख भण्डारीले भने जस्तो गुणस्तर हिन काम नभएको दालि गर्दै सांघुरो बाटो भएका कारण राम्रो संग पिच नभएको अवस्थामा गाडी गुडाउनु पर्ने भएकाले कहिं कतै समस्या आएको हुने सक्ने बताउदै यस अघि भएको मापदण्ड भन्दा गुणस्तरमा ध्यान दिदै स्तरिय गर्न विशेष पहल गरेको बताउनु भएको छ ।

पछिल्लो समयमा कालीकोटका अति जोखिम मानिने अस्पताल मोड,सेरीघाट, पिलि,टिमुरे लगाएतका ठाउँमा सडकको स्तरन्नोति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित