नेकपा एकताको पहल : परीक्षणमा दोस्रो पुस्ता

7
SHARES
15
VIEWS

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग १४ फागुनमा झन्डै डेढ घण्टा छलफल गरेका नेकपा उपाध्यक्ष वामदेव गौतमले पञ्चायतकालका प्रधानमन्त्री कीर्तिनिधि विष्ट र मन्त्री केशरबहादुर विष्टले नैतिकताको आधारमा दिएको राजीनामा सम्झाए। २५ असार २०३० मा सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए। २९ फागुन २०४४ मा दशरथ रंगशालामा भागदौड मच्चिँदा खेल हेर्न आएका ७१ जनाको मृत्यु भएपछि तत्कालीन शिक्षा तथा खेलकूद मन्त्री केशरबहादुर विष्टले पनि राजीनामा दिएका थिए।

“गोल तपाईंको पोष्टमा छ। पूर्व अवस्थामा गइसकेपछि अब तपाईंले कसरी मलमपट्टी लगाउनुहुन्छ? कीर्तिनिधि विष्टले सिंहदरबारमा आगलागी हुँदाखेरी नैतिकता देखाए। रंगशालामा असिना, पानी र हावाहुरीले भाग दौड मच्चिएर मानिस मर्दा केशरबहादुर विष्टले मन्त्रीबाट राजीनामा दिए। तपाईं पनि इतिहास पुरुष बन्नुस्,” गौतमले भनेका थिए। प्रधानमन्त्रीको जवाफ थियो, “म बन्दिनँ, एक–एक वर्षलाई (प्रधानमन्त्री बन्न) तयार हो भने छलफल गर्न सकिन्छ।”

प्रतिनिधि सभा पुनःस्थापनाको फैसलापछि नेकपालाई पुनः एकीकृत बनाउन दोस्रो पुस्ताका केही नेताले विभिन्न विकल्पमा छलफल शुरू गरेका छन्। यद्यपि, त्यस्ता छलफल प्रारम्भिक चरणमै भएकाले नतिजा ठम्याइहाल्न कठिन छ।

पार्टी एक बनाउने अभियानमा तत्कालीन एमालेका नेताले छलफल थालेका हुन्। दाहाल–नेपाल र ओली समूहकै नेता छलफलका लागि तयार भएका कारण एकताको झिनो आशा पलाएको बताइन्छ। अहिले वामदेव गौतम, योगेश भट्टराई, घनश्याम भुसाल, लालबाबु पण्डित लगायतले पार्टीलाई एक बनाउने विकल्पहरू पेश गरेका छन्। तर, घटनाक्रम र आरोप प्रत्यारोपको शृंखला धेरै अघि बढेकाले सम्भावना भने कम देखिन्छ।

यस्ता छन् विकल्प

प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा गर्न गरिएको आग्रह अस्वीकार गरिएपछि वामदेव गौतमले दोस्रो विकल्प प्रस्तुत गरेका थिए। त्यो विकल्प थियो, सरकारको नेतृत्व दोस्रो पुस्तालाई दिने गरी सहमति कायम गर्ने। यो प्रस्तावमा प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नजनाएको गौतम निकट स्रोत बताउँछ।

यता, गौतमले भने पाँच वर्षे कार्यकालको बाँकी दुई वर्षमध्ये पछिल्लो एक वर्ष छोड्न तयार रहेको ओलीको प्रतिक्रिया दाहाल–नेपाल समक्ष पुर्‍याएका छन्। गौतम निकट स्रोत भन्छ, “दाहाल–नेपाल समूहको उत्तर कुरेर बसेका छौं, अहिलेसम्म जवाफ आएको छैन।”

पहिल्यैदेखि पार्टीलाई मिलाउने प्रयासमा लागेका योगेश भट्टराई र घनश्याम भुसालले सरकारको नेतृत्व ओली, दाहाल लगायत शीर्ष नेतृत्वबाहेक दोेस्रो पुस्ताबाट गर्नुपर्ने विषयमा छलफलको प्रयास गरेका छन्। त्यस्तो विकल्प सुवास नेम्वाङ वा विष्णु पौडेललाई प्रधानमन्त्री बनाउने हो।

त्यसैगरी पहिल्यैदेखि पार्टीलाई मिलाउने प्रयासमा लागेका योगेश भट्टराई र घनश्याम भुसालले सरकारको नेतृत्व ओली, दाहाल लगायत शीर्ष नेतृत्वबाहेक दोेस्रो पुस्ताबाट गर्नुपर्ने विषयमा छलफलको प्रयास गरेका छन्। त्यस्तो विकल्प सुवास नेम्वाङ वा विष्णु पौडेललाई प्रधानमन्त्री बनाउने हो।

भट्टराई र भुसाल निकट नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे यो प्रस्‍ताव नयाँ नभएको बताउँछन्। “यो उहाँहरूले पहिल्यैदेखि चलाउनुभएको छलफल हो। सर्वोच्च अदालतको फैसलापछि नेकपालाई एक गराउने परिस्थिति निर्माण भएको छ, हामी त्यही छलफलमा छौं,” गैरे भन्छन्, “व्यक्ति को हुने भनेर मात्र समस्याको समाधान हुँदैन। सबैभन्दा पहिला त पार्टी एकीकृत राख्नुपर्छ भन्ने सिद्धान्तमा सहमत हुने हो कि होइन? यसमा सहमति नभई व्यक्ति खोजेर हिंडेपछि अर्को भँड्खालोमा जान्छ। व्यक्तिको कुरा महत्त्वपूर्ण होइन।” प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने अडान लिएकै कारण सम्भावनाका ढोकाहरू बन्द हुनसक्ने गैरेको भनाइ छ।

ओली निकट एक स्थायी समिति सदस्यका अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट विकल्पमा छलफल भए पनि उल्लेख्य प्रगति भएको छैन। प्रधानमन्त्रीले विश्वासको मत लिने बताइसकेपछि पार्टीलाई एक बनाउन राजीनामा बाहेकका विकल्पमा मात्र छलफल हुनसक्ने उनी बताउँछन्। समस्या जहाँबाट सिर्जना गरिएको थियो, त्यो गाँठो नफुकाई समाधान नहुने उनको भनाइ छ।

“संसदीय दलमा ११५ जनाको समर्थन हुने परिस्थिति निर्माण भयो। विभिन्न राजनीतिक भेटघाट त चली नै रहेका छन्। कतिपयले केपी ओलीलाई पनि बिदा गर्ने, दोस्रो पुस्तामा लैजाऔं भनेर छलफल चलाउन खोजेको देखिन्छ,” ती स्थायी समिति सदस्य भन्छन् “प्रधानमन्त्रीले सदन फेस गर्छु भनेको सांसद आफ्नो पक्षमा उभ्याउने हो। त्यसैले प्रधानमन्त्रीले राजीनामा गर्ने गरी सहमति हुन सक्दैन।”

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली तत्काल राजीनामा गर्न तयार नदेखिए पनि दोस्रो पुस्तामा जाँदा सुवास नेम्वाङको नाममा सकारात्मक छन्। उनलाई प्रधानमन्त्री बनाउने विकल्पमा दाहाल–नेपाल समूह तयार भए ओली पनि तयार हुनेछन्। “तत्काल राजीनामा गर्ने कुराले हारेको जस्तो देखिन्छ, तर सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउन दाहाल–नेपाल पक्ष तयार भएर मिलेर जाऔं भन्ने प्रस्ताव आए उहाँ (प्रधानमन्त्री) नकरात्मक हुनुहुन्न,” ओली निकट स्रोत भन्छ।

विगतमा माधव नेपाल र झलनाथ खनालसँग नजिक मानिने र पार्टी विभाजनपछि मौन बस्दै आएका लालबाबु पण्डित पछिल्लो समय नेताहरूसँगको छलफलपछि पार्टी एक हुनेमा विश्वस्त देखिन्छन्। “प्रधानमन्त्रीले आफ्नो इच्छाले राजीनामा दिए फरक कुरा, नभए अहिले सरकार पनि परिवर्तन हुँदैन, प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव पनि आउँदैन,” पण्डित भन्छन्, “एक महीनाभित्र पार्टी एक भएर अघि बढ्छ।” पण्डितको बढी प्रयास पूर्वएमाले पंक्तिलाई एक ठाउँमा उभ्याउनेमा केन्द्रित देखिन्छ।

दोस्रो पुस्ता नै गुटको राजनीतिमा

नेकपाका दुवै समूहमा देशको नेतृत्व गर्नसक्ने दोस्रो पुस्ता तयार छ। आम मनोविज्ञान पनि दोस्रो पुस्ताले नेतृत्व गरे हुन्थ्यो भन्ने नै छ। तर, यो पुस्ता पनि शीर्ष नेतृत्वको गुटबन्दी अनुसार विभाजित छ। जसकारण पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्न सकेको छैन।

दोस्रो पुस्तामा शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, बिन्दा पाण्डे, जनार्दन शर्मा, वर्षमान पुन, मणि थापा र टोपबहादुर रायमाझी लगायत नेता छन्। तर, उनीहरूले ओली, नेपाल वा दाहाल गुटभन्दा बाहिर बसेर फरक पहिचान बनाउन सकिरहेका छैनन्।

दोस्रो पुस्तामा शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, बिन्दा पाण्डे, जनार्दन शर्मा, वर्षमान पुन, मणि थापा र टोपबहादुर रायमाझी लगायत नेता छन्। तर, उनीहरूले ओली, नेपाल वा दाहाल गुटभन्दा बाहिर बसेर फरक पहिचान बनाउन सकिरहेका छैनन्।

दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य गैरे आफूहरूको एउटै उद्देश्य एकीकृत पार्टी निर्माण भएको बताउँछन्। “पुस ४ सम्म हामी एकता अभियानमा थियौं। तर, असंवैधानिक रूपमा संसद् विघटन गरिएपछि पुन:स्थापित हुनुपर्छ भन्ने अभियानमा लाग्यौं,” गैरे भन्छन्, “त्यो प्रचण्ड, माधव र ओलीतिर लागेको कुरा होइन। संसद् विघटन बेठीक हो भन्ने पक्षमा उभिएको हो।” न्यायालयको फैसलापछि फेरि पार्टी एकताबद्ध गर्नुपर्ने आवश्यकता देखेर त्यसैमा लागेको उनी बताउँछन्।

तर, दोस्रो पुस्ताको क्रियाकलाप र भूमिकाले उनीहरू कुनै गुटमा नलागेको पत्याउने ठाउँ भने छैन। नेपाल–दाहाल समूहका स्थायी समिति सदस्य भीम रावल दोस्रो पुस्ताले नेतृत्व गर्नुपर्ने आम मनोविज्ञान र भावना स्वागतयोग्य भए पनि पार्टीको विधि र प्रक्रियाका कारण दोस्रो पुस्ता त्यो ठाउँमा नरहेको बताउँछन्। नेकपाको विवाद समाधानका लागि दोस्रो पुस्ता सक्रिय भएर लाग्नुपर्ने अवस्थामा एकले अर्कोलाई नमान्ने कारण समस्या रहेको नेकपा एकता राष्ट्रिय अभियानका सहसंयोजक हरि पराजुली बताउँछन्।

दोस्रो पुस्ताका नेताबीचको इगो सतहमै देखिने गरेको छ। १५ साउन २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भटराईलाई नियुक्त गर्दा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईले योगेशको नाम नै उल्लेख नगरी ट्वीटरबाट बधाई दिए। तर, त्यसको आलोचना भएपछि उनीहरूले उक्त ट्वीट हटाए। त्यसको कारण नेताहरूबीचको व्यक्तिगत इगो नै हो।

त्यसअघि एउटा सार्वजनिक कार्यक्रममा योगेश भट्टराईले ओली, नेपाल, दाहाल र खनाललाई पार्टीको अभिभावक बनेर बस्नुपर्ने बताएपछि रिमालले सामाजिक सञ्जालमार्फत उनको आलोचना गरे। त्यति वेला सम्भावित मन्त्रीका रूपमा हेरिएका योगेशलाई यही प्रकरणका कारण मन्त्री नबनाइएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भएको थियो।

#himalkhabar weklly

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित