अछामी माग्ने बुढाले रहगाडमा नचाउदै तेस्रो नरहरिनाथ महोत्सव सम्पन्न (फोटो फिचर )

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाको रहगाडमा संचालन भएको तेस्रो नरहरिनाथ धार्मिक,सांस्कृतिक,शैक्षिक तथा पर्यटन महोत्सव सम्पन्न भएको छ ।

नरहरिनाथ गाउँ पालिकाको आयोजनामा योगि नरहरिनाथको १०७ औं जन्म जयन्तिको अवसरमा तेस्रो महोत्सव भएको हो । उक्त महोत्सवमा देउडा गायिका रेखा जौसी,जनक कार्कि,चर्चित हास्यकलाकार अछामी माग्नेबुढा जनक सावद हास्यकलाकार सचेत बटाला मोडल लक्ष्मी सुनार जिल्ला साहित्य प्रतिष्ठान परिवार दोहोरी गायिका पुष्पाञ्जली रोकाया लगाएतका कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिलाएका छन ।

चर्चित लोक देउडा गायिका रेखा जोसीले सहभागि दर्शकहरुलाई देउडा लोकभाकाबाट मनोरञ्जन दिलाएकी हुन । उनले गाएका तिहरुबाट दर्शकहरु नाच्ने क्रमले निरन्तरता पाएको थियो ।

रहगाडमा भएको महोत्सवको नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा भने नरहरिनाथ गाउँ पालिका अध्यक्ष कार्यव्यस्तताले उपस्थिति हुन नसकेको बताइएको छ । कलाकार रेखा जोसीलाई स्थानिय निगालाबाट निर्मित रोटी राख्ने छाप्रि दिइएको छ भने सहभागि कलाकारहरुलाई कदर पत्र समेत दिइएको बताइएको छ ।

प्रत्येक वर्ष हुने उक्त महोत्सवमा योगि नरहरिनाथका प्रचारक रत्नकमल विष्टले योगि नरहरिनाथको प्रचार प्रसार गर्नका लागि पहिलो पटक सांस्कृतिक कार्यक्रम शुरु गरेर महोत्सवका रुपमा संचालन गरिएको हो । महोत्सव फागुन १७ देखि संचालनमा आएको थियो ।

कलाकार रत्नकमल विष्टले महोत्सवमा पाल्नुहुने सबैलाई धन्यवाद दिदै आगामी दिनमा समेत योगि नरहरिनाथ र नरहरिनाथमा भएका सांस्कृतिक तथा पर्यटन प्रवद्धनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै आभार प्रकट गर्नु भएको छ । 

महोत्सवले योगि नरहरिनाथको प्रचार प्रसार मात्र नभई यहाँको कला सांस्कृतिक तथा व्यापार प्रवद्धनमा बृद्धि हुने स्थानियको भनाई रहेको छ । कलाकारहरुलाई वडा अध्यक्ष लोक बहादुर विष्टले कदर पत्र दिदै विदाई गर्नु भएको बताइएको छ ।

#फोटो रत्नकमल विष्टको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित