कालीकोट । हेर्दा फरक बुझाई राख्ने तर घुलमिल हुंदा वेग्लै प्रस्तुति प्रस्तुत गर्ने प्रशासनिक प्रमुखका रुपमा चिनिएका पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृतको व्यवहारिक ज्ञान बेग्लै छ । उनि विहान सबेरै उठेर सर्वप्रथम पचालझरना गाउँ पालिका केन्द्र रहेको परिसरमा सरसफाईमा लाग्ने गर्दछन । विहानको काम भनेको उनको कार्यालय परिसरमा पानि छर्ने, पिपल चौतारीमा सरसफाई गर्ने देखि भलिवल ग्राउण्डको धुला उड्न रोक्नका लागि पानि छर्ने दैनिक काम हो ।
पचालझरना गाउँ पालिका केन्द्र स्थानान्तरणका लागि एक महिना अघि पणेक्षामा आई बसेका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेलले पालिकाको काम सहजता गर्ने पणेक्षा रोजेका हुन । आफुलाई पणेक्षा बसेर जारकोटका काममा अबरोध पारेको दवाव आएको भएपनि पणेक्षालाई स्थापित गराउन आफुले भए सम्मको प्रयास गरेको बताए ।
जनताको काम सहज बाताबरणमा गर्न र कार्यसम्पादनमा उचित ठाउँ हुने भएकाले निर्णय कार्यन्वयन र समुदायको हितलाई मध्यनजर गर्दै पणेक्षामा बास बसेको बताए । दुई महिना अघि देखि निजि लगानिमा पिपल चौतारी निर्माण गरेका उनले नरहरिनाथ पिपल चौतारीको नामाकरण समेत गरेका छन ।
हरेक कामहरु राम्रो बनाउन तिर लाग्छु सबै भन्दा अघि आफु सरिक भएपछि मात्र अरुलाई भन्ने सकिन्छ भन्ने भावना भएका पौडलले दुई महिना अघि पणेक्षामा आफै बस्न शुरु गरेका थिए भने हावा हुरीले सताउने पणेक्षाको खेल मैदान, पिपल चौतारी,कार्यालयको कम्पाउण्डमा समेत आफै सरसफाई गर्ने गरेको पौडलले बताए
गाउँ पालिका कार्यालय अहिले हेर्दा चिटिक्क देखिन्छ । सबै कार्यकक्षमा उज्यालो सहितको फराकिलो हुने गरेको बताउदै सिंह दरबारको महसुस नहुने गरेको जनगुनासो आउने भएको र सरकारको सम्पतिको रक्षा गर्ने दायित्व कर्मचारी भित्रको कमाण्डरको नै हुने गरेकाले यहाँको हरेक काममा आफु लागि पर्ने गरेको बताएका छन ।
सरुवा भएर आएको एक वर्षमा शिक्षा र स्वस्थ्यलाई रुपान्तरण गर्ने अठोट लिएका प्रमुख प्रशासकिय प्रमुख पौडेलले आफुले निश्चित मानिसहरुबाट साथ पाउन नसक्दा सोचे अनुसारको काम नभएको बताए ।
आफुलाई सहयोग गर्ने जनप्रतिनिधि जस्तै एक दुई जना कर्मचारीहरु भए सम्म आफुले केही भिन्न पहिचानको गाउँ पालिका बनाउने सोचमा रहेको बताएका छन । उनका बारेमा पहिलो चरणमा केही अस्वभाविक लाग्ने गरेको भएपनि पछिल्लो समयमा आनिबानि र व्यवहारिक ज्ञानका लागि हामीले सम्मान गर्न थालेको बताउदै पचालझरना गाउँ पालिका वडा न. ५का वडा अध्यक्ष बृषलाल आचार्यले बताए ।
आफुहरुले पहिलो चरणमा अभिव्यक्ति दिदा खेरी फरक लाग्ने गरेको भएपनि हिजो आज उचित व्यवहारका साथै विभिन्न काममा सहयोग गर्ने गरेको बताएका छन ।
पचालझरना गाउँ पालिकाको प्रशासनिक सुधार देखि अन्य काममा विगत भन्दा फरक हुन गएको कर्मचारीहरु बताउन थालेका छन । उनिहरुले दैनिक प्रशासनिक काममा गुणात्मकता देखिने कार्यकारी प्रमुखले पालिकाको समग्र क्षेत्रका लागि सकरात्मक सन्देश दिने गरेको सुचना प्रविधि अधिकृत प्रकाश कठायतले बताए ।
अहिले गाउँ पालिकाका कामहरुमा आफै लागि पर्ने प्रशासकिय अधिकृत प्रति सबैले आशा जगाएका छन ।
कालीकोट सरुवा भएर आंउदा जति भ्रम थिए यहाँ आउदा ति कुनै पनि भ्रम नदेखेको प्रशासकिय अधिकृत पौडेलले बताए ।
आफुलाई चितवनबाट आउंदा कालीकोट डरत्रासको जिल्ला भएको आतंक फैलाइएको थियो तर मैले त्यहि ठाउँमा गएर सेवा गर्ने अवसर सुगम भन्दा दुर्गममा काम गर्न जान्नेहरुका लागि सहज हुने रहेछ भन्ने महसुस भएको पौडेलको भनाई रहेको छ ।
पणेक्षालाई व्यवस्थित शहर बनाउन डिपिआर तयार गरिएको बताउदै प्रमुख पौडलले स्वस्थ्य र शिक्षामा केही गर्न बांकी रहेको छ । पचालझरनामा आएको चैत्रमा एक वर्ष दिन हुन्छ त्यस पछि के कति काम भएको छ सार्वजनिक गर्ने बताएका छन ।
अहिले अझै केही गर्न बांकी छ ति कामहरु पुरा भएपछि मात्र बाहिर लिने तयारी गरेका प्रमुख पौडलले पचालझरनामा रहंदा सम्म जनसेवक भएर काम जारी राख्ने अठोट गरेका छन ।
Discussion about this post