कालीकोट । प्रधानमन्त्रि केपि शर्मा ओलिले संसद विघटन पछि फुटको संघारमा आएको नेकपाको आधिकारिक्ताका विषयमा उठेको विवाद कायम रहंदा चलिरहेको बहसलाई आगामी दिनमा पार्टी निति विधि र पद्धतिलाई सहि ढंगले अघि बढाउनु पर्छ भन्ने फरक मत राख्दै आएका रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले विज्ञप्ति मार्फत प्रचण्ड माधव नेपालको नेतृत्वमा रहेको नेकपामा रहेको बताउनु भएको छ ।
आज जारी गरिएको विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन र क्रान्तिको रक्षाका लागि आफुले जनयुका उपलब्धिको रक्षा र त्यागका बारेमा बहस गर्न सबै नेताहरुलाई भेटघाट गरेको र सोही विषयमा भएको भेटघाटलाई फोटोको दुरुपयोग भइ बद्नाम गराउन खोजिएकोमा आपत्ति जनाउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ हामी आधिकारी हौं भन्दै मेरो नाम, पद र जिम्मेवारीका विषयमा सामाजिक संजालमा बाहिर आएको र त्यस भ्रममा नलाग्न सबै जनसमुदायलाई अनुरोध गर्नु भएको छ ।
विज्ञप्तिमा टुट फुट नभई बैज्ञानिक तरिकाले सत्यको पक्षमा उभिने र निरन्तर सकरात्मक सोचका साथ जनसमुदायको साथमा रहने प्रतिवद्धता जनाउनु भएको छ
Discussion about this post