लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद् वैठक बस्दै

7
SHARES
15
VIEWS

काठमाडौं/जेष्ठ,जारी लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने बताइएको छ।अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ।

कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारको तयारी छ। यसअघि उच्च स्तरीय समन्वय समितिको वैठकमा लकडाउनको मोडालिटिबारे छलफल भएपनि लकडाउन थप्नुको विकल्प नरहेको एक मन्त्रीले बताए।

मन्त्रिपरिषद्  वैठक बस्नुभन्दा पहिला साढे २ बजे उच्चस्तरीय समन्वय समितिको वैठक बोलाइएको छ। समितिको सुझावका आधारमा मन्त्रिपरिषदले अन्तिम निर्णय गर्नेछ।

साढे २ बजे समन्वय समितिको बैठका सिंहदरबारमा र बालुवाटारमा ५ बजे मन्त्रिपरिषद् वैठक बस्न समय तय भएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित