कालीकोट/जेष्ठ,पचालझरना गाउँ पालिका वडा न.३का अध्यक्ष लोकजंग कठायतले पचालझरनाको वडा न.३मा पर्यटन प्रबद्धनमा पहिलो जोड रहेको बताउनु भएको छ ।
सम्बन्धित वडामा पचालझरना परेका कारण यहाँका प्राकृतिक सम्पदाको प्रबद्धनमा जोड दिने बताउनु भएको छ । वहांले कर्णालि संचार संग कुरा गर्दै पचालझरना लगाएतका आधा दर्जन छहराहरु र प्राकृतिक रुपमा मनरोम पाटनहरुको सम्बद्धनमा आफुले पहिलो जोड गरेको बताउदै पचालझरनाका आसपासका धुलछहरा,छिडीगाड,बांसगाढ, बांगागाढ, नौमुले झरना, बयलझरनाका साथै भारपाटा, तारु,सालिम पाटनको संरक्षणमा योजना बनाउन लागि परेको बताउनु भएको छ । आफुले गाउँ पालिकाको समन्वयमा भरापाटा लगाएतका पाटनमा ओखर पकेट क्षेत्र,ताराचुक प्रशोधन साथै स्याउ र सिमीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागि परेको बताउनु भएको छ ।
त्यसका साथै वडा अध्यक्ष कठायतले गैरसरकारी निकाय संगको साझेदारीमा आलु र स्याउ भण्डारका लागि सितगृह निर्माण भैरहेको,पचालझरना सम्म पुग्ने ¥यालिंङ सहितको पदमार्ग निर्माण,पचाझरनाको मुख्य स्थानमा पाहुना घर(होम स्टे) संचालन,भ्यु टावर स्थापना,समुदायको उपचारका लागि तिन घण्टा टाढा हिंडेर उपचार गर्नु थियो स्वस्थ्य इकाइ भवन निर्माण हुनु,पचाझरनाको फेदीमा विशेष गाउँ सभा हुनु,वडा न. ३का समुदायले गाउँ पालिकालाई निशुल्क १२ विघा भन्दा बढि जग्गादान दिनु, ठुलो उपलब्धि भएको छ ।
अहिले वडामा स्वस्थ्य इकाइ भवन निर्माण भएर स्वस्थ्य संस्था संचालनमा आएको बताउनु भएको छ । वहांले आउने दिनमा प्राकृति सम्पदाको थप विकास गरेर लैजानका लागि प्रदेश सरकार,संघिय सरकारको पहलमा विभिन्न कार्यक्रम गर्ने योजना समेत रहेको बताउनु भएको छ । कालीकोट जिल्लामा तमाम प्राकृति सम्पदा भएपनि पभालझरना नेपालको अग्लो भएकाले यसले सिंगो कर्णालि प्रदेशको इज्जत ढाक्न सफल भएको बताउदै आगामी दिनमा वाह्य तथा घरेलु पर्यटकहरुलाई अवलोकनका लागि सहजता कायम गर्न सडक विस्तार गर्ने,निर्माणधिन विद्युतलाई सुचारु गर्ने र राष्ट्रिय प्रशारण लाईन संग गाभ्ने, ओखर,टिमुर तथा आंप र कागति खेतिका लागि विशेष योजना बनाउने लगाएतका योजना रहेको छन ।
अझै समुदायका लागि के गर्न सकिन्छ थप लागि पर्ने वहांका भनाई रहेको छ । कालीकोटको खार्दु पचालो देवता स्थापित रहदै आएको छ । त्यसका लागि पचालझरनाको फेदी र छहराको मुखमा मन्दिर निर्माण गर्ने समेतको योजना यसै आर्थिक वर्षमा काम शुरु गर्ने बताउनु भएको छ । विशेष गरी खार्दुलाई पर्यटनको हव बनाउने विशेष जोड दिन आफु निरन्तर लागि पर्ने बताउनु भएको छ ।
अध्यक्ष लोकजंग कठायत तत्कालिन नेकपा(माओवादी)बाट विजयि वडा अध्यक्ष हुनु हुन्छ ।
Discussion about this post