विप्लव नेकपा द्धारा जनयुद्धका ३ सय शहिद परिवारलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्धका शहिद परिवारलाई विप्लव नेकपा कालीकोटले सम्मान गरेको छ । २६ औं वलिदानि दिवस तथा शहिद सम्प्ताहका क्रममा कालीकोट जिल्लाका विभिन्न ठाउँमा जनयुद्धमा ज्यान गुमाएका शहिद परिवारलाई सम्मान गरिएको हो ।

शहिद सप्ताहको अन्तिम दिन शुक्रबार सम्म जिल्लाका नरहरिनाथको माल्कोट,मेहलमुडि,खिन,भर्ता लगाएतका ठाउँमा शहिद परिवारलाई सम्मान गरिएको बताइएको छ । शहिद परिवारलाई नेकपाको केन्द्रीय समितीले जारी गरेको सम्मान पत्र र जिल्ला पार्टीले ब्यबस्था गरेको दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

जिल्लाको माल्कोट मेहलमुडी राष्कोट नानिकोट खिन र भर्तामा गरेर ३ सय बढि शहिदलाई सम्मान गरेको हो । माल्कोट सेरापाटामा भएको शहिद परिवारहरुको सम्मान कार्यक्रममा नरहरिनाथ गाउँ पालिका भरिका १सय ४४ जना जनयुद्धका र एक जना एकिकृत जनक्रान्तिका शहिद परिवार लाई सम्मान गरेको बताइएको छ।
सम्मान कार्यक्रममा कर्नालि ब्युरो सदस्य बलबहादुर बुढा अविचल र कालीकोट जिल्ला ईन्चार्ज मनिलाल ऐडी रणदिप ले संबोधन गरेका छन । सम्बोधनका क्रममा जनयुद्धका शहिद परिवारलाई कुनै पनि हालतमा प्रचण्डले धोका दिए जस्तै आफ्नो पार्टी धोका नदिने ठोकुवा गरेका छन ।

जिल्ला इन्चार्ज रणदिपले जनयुद्दका केही नकारात्मक शिक्षा सहित पार्टी अगाडि बढेकाले बार्ता बिरोधीहरुले हल्ला गरे जस्तै नत केपी संग एकता गर्नका लागि नत यो संसदिय ब्यबस्था स्विकार गर्न हो ? यो बार्ता ब्यबस्थामा आएको संकटलाई व्यवस्थापन गर्न का लागि भएको दावी गर्नु भयो ।शहिद परिवारले बार्तालाई बिगत प्रचण्डले प्रयोग गरेजस्तो गर्नु हुन्न भन्ने धारणा राख्नु भएको छ ।

जनता नेता कार्यकर्ता र शहिद परिवारको उपस्थिती रहेको कार्यक्रममा सहभागि तपेन्द्र ऐडी ले बताएका छन । जिल्लाका अन्य क्षेत्रमा क्रमश कार्यक्रम गरी शहिदहरुलाई सम्मान गर्ने बताइएको छ ।

फागनु १४ गतेका दिन जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलले बलिदानि दिएको दिन भएकाले प्रत्येक वर्ष फागनु १४ देखि २१ गते सम्म शहिदहरुलाई सम्मान लगाएतका कार्यक्रम गरेर शहिद सप्ताह मनाउने गरिएको छ ।

यस वर्ष कालीकोट जिल्लाका नरहरिनाथ गाउँ पालिका र पचालझरना गाउँ पालिकाले शहिद परिवारलाई सम्मान गरेको थियो भने रास्कोट नगरपालिकामा नेकपा प्रचण्ड माधव समुहले रास्कोटका ६० भन्दा बढि शहिद परिवारलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित