पचालझरना की १०५ वर्षिया पुल्तिसराले लगाइन कोरोना खोप

7
SHARES
15
VIEWS

कालीकोट। देशभर कोरोनाको खोप लगाउने क्रममा कालीकोट जिल्लामा १सय ५ वर्षका जेष्ठनागरिकले खोप लगाएकी छन ।

पचालझरना गाउँ पालिका वडा न. ९मा रहेको लड्काटिया स्वस्थ्य केन्द्रमा १सय ५ वर्षिया पुल्तिसरा शाहीले खोप लगाएको बताइएको छ । पचालझरना स्वस्थ्य शाखाका प्रमुख विरेन्द्र संज्यालका अनुसार पचालझरनामा जिल्लाका सबै भन्दा जेष्ठनागरिक पुल्तिसरा शाहीले खोप लगाएको बताउनु भएको छ ।

वहाँका अनुसार पचालझरनामा २ सय९७ जनाले खोप लगाएको बताउदै खोप लगाउने धामि समेत रहेका छन । पचालझरना गाउँ पालिकाको वडा नं १ मा ६२ जना,२ मा ३५जना, ३ मा ५० जना रहेका छन । त्यसै गरी वडा नं ५ मा ४० जना,६ मा ६० जना र वडा न.९ मा ५० जना गरि जम्मा २सय९७ जनाले खोप लगाएका हुन ।

पचालझरना गाउँ पालिका वडा न. १को बदालकोट स्वस्थ्य चौकीमा चर्चित देवता धलपुराका मुल धामी कलिमान बोगटीले समेत कोरोनाको खोप लगाएका हुन । बदालकोट स्वस्थ्य कर्मि धर्मराज न्यौपानेका अनुसार धामी देखि जेष्ठ नागरिक सम्मका स्थानियले कोरोनाको खोप लगाएको बताउनु भएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका व्यवस्थापक कटक महतका अनुसार आज जिल्लाभर ११४० जनाले कोरोना विरुद्धको खोप लगाएको बताउनु भएको छ ।

वहाँका अनुसार रास्कोट नपामा २२४,खाडाचक्र मा २६३, सान्नित्रिबेणीमा १७७, शुभकालिकामा १७९ र पचालझरनामा २९७ रहेको बताउदै पहिलो दिनमा २५ वटा खोप केन्द्रमा खोप लगाइएको बताउनु भएको छ ।

यस अघि जम्मा २ हजार३सय३ लक्ष्य रहेकामा १ हजार ७ सय ६१ जनालाई खोप लगाईएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।जस मध्ये कुल प्रगति ७६.४७ प्रतिशत हासिल भएको दावि गर्नु भएको छ ।

#तस्विर धर्मराज न्यौपानेको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित