महिलाको अवस्था सम्बन्धि श्रमिक महिला दिवसका अवसरमा अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट । एक सय ११ श्रमिक महिला दिवसका अवसरमा कालीकोटमा अन्तरक्रिय भएको छ । कालीकोट जिल्लामा क्रियासिल अन्तर पार्टी महिला संजालको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

अन्तरक्रिया कार्यक्रममा कालीकोट जिल्लामा क्रियासिल राजनैतिक दल,महिला अधिकार कर्मि तथा महिला नेतृत्वहरुले महिलाहरुका अवस्थामा राजनैतिक अवस्थाका बारेमा केही सुधार आएपनि महिलाका समस्या भने ज्युका त्यु रहेको बताएका छन ।

कार्यक्रममा बोल्दै नेकपा कालीकोटका अध्यक्ष्ँ धनजित शाही,महिला नेतृ गंगा खड्का, शान्ति शाही लगाएतका नेताहरुले महिलामा जुन हिजोका दिनमा हुने गरेको अन्याय अहिले पनि कायम रहेको त्यस भित्र पनि ग्रामिण महिलाहरुको पिडा जस्ता को त्यस्तै रहेको बताएका छन । महिलाहरुका हक हितका लागि काम गर्दै आएको अन्तरपार्टी महिला संजालमा विभिन्न राजनैतिक दलका महिला प्रतिनिधिहरुको सहभागिता हुने गरेको छ ।
कालीकोट जिल्लामा १११औं श्रमिक महिला दिवस विभिन्न कार्यक्रमका साथ मनाउने जनाइएको छ । विभिन्न स्थानिय तहले महिलाहरुका चेतना अभिबृद्धिका लागि अन्तरक्रिया,देउडा तथा विविध कार्यक्रमका साथ मनाउने तयारी भएको बताइएको छ ।

यस वर्ष महिलाको सुरक्षा,सम्मान र रोजगार ः सम्बृद्ध नेपालको आधार भन्ने मुलनाराका साथ देशभर कार्यक्रमका साथै विभिन्न राजनैतिक दलका नेताहरुले महिलाहरुको विगत भन्दा फरक क्षमता देखि अधिकारको ग्यारेन्टीको अपेक्षा सहित शुभकामना दिएका छन ।

कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले शुभकामना सन्देश दिदै संविधान प्रदत्त हक अधिकार सुनिश्चित गर्न र गुणस्तरिय शिक्षा,आधारभुत स्वस्थ्य र रोजगारी सृजना गर्न विभन्न क्षेत्रमा महिलाको पहुंच बृद्धि गर्न कर्नालि प्रदेश सरकारले बैंक खाता छोरीको सुरक्षा जिवन भरीको कार्यक्रम,छोरी बुहारी छात्रबृति कार्यक्रम,मुख्यमन्त्रि महिला दलित आय आर्जन कार्यक्रमले महिलाहरु माथि हुने विभेदको अन्त गर्न प्रयास गरेको दावि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित