कालीकोटको ई – भिलेज माल्कोट

7
SHARES
15
VIEWS

कालीकोट । सरकारले सुचना र प्रविधिको क्षेत्रमा गाउँ र  शहरको खाडल अन्त गर्न थालेको अभियान अनुसार कालीकोटको माल्कोटमा ई-भिलेज सेवा शुरु भएको छ । नरहरिनाथ गाउँ पालिकाको माल्कोट स्थित नन्दा देवि मावि सेरापाटामा प्रविधिको सहयोग गरी ई भिलेज सेवा शुरु गरेको हो । उक्त सेवाबाट विद्यालयमा प्रविधि सम्बन्धि सेवा पुगेको बताइएको छ ।
नन्दा देवि मावि सेरापाटाका भैरब दर्जिका अनुसार विद्यालयमा २०७२ सालमा सुचना तथा संचार प्रविधि मन्त्रालयबाट १३ लाख बराबरको  प्रोजेक्टर, डेस्कटप, प्रिन्टर, स्क्यान मेसिन लगाएतका सामानहरु र २०७५ सालमा पुन २५ लाखका सामाग्रि उपलब्धका साथै तालिम पनि लिएको बताउनु भएको छ ।वहाँका अनुसार विद्यालयमा उपलब्ध प्राविधिक समानको सदुपयोग गरेर अनलाइन कक्षाका साथै प्रोजेक्टर मार्फत पढाइ शुरु गरिएको बताउनु भएको छ ।

अहिले सामान विग्रेकाले प्रोजेक्टर मार्फत पढाइ बन्द भएको बताउदै यस सेवाबाट विद्यालयको मात्र नभइ समुदायहरुमा समेत प्रविधिमा सहज पहुंच भएको बताइएको छ । विद्यालयमा अहिले अनलाइन मार्फत कक्षा शिक्षण हुंदा भित्रि तथा बाह्य ज्ञानको शुरुवात भएको विद्यार्थिहरुको भनाई रहेको छ । हामीले अनलाइन मार्फत विभिन्न सिकाइका लागि सहज भएको बताउदै नन्दादेवि मावि सेरापाटामा अध्ययन गर्दै आएका छात्रा शन्तोष विकले बताए ।
नन्दादेवि माविका प्रधानध्यापक प्रेम थापाका अनुसार विद्यालयमा विद्यार्थिहरुलाई भिजुअल मार्फत सिकाइ भएको र यस वर्षबाट कम्प्युटर सम्बन्धि कक्षा संचालनका लागि शुरु गरिएको बताउनु भएको छ ।

सामाजिक संजालको मात्र प्रयोग नभई त्यसबाट विद्यालयले ठुलो उपलब्धि लिएको प्रधानध्यापक थापाको भनाइ रहेको छ । कालीकोटको नन्दादेवि संगै कर्नालि प्रदेशका विभिन्न जिल्लाहरु प्युठान,सल्यान, सुर्खेतमा पनि ई भिलेज सेवा शुरु भएको छ । सुर्खेतका खाडादेवि मावि चौरासे, साटाखानि ५ सुर्खेत, रोल्पाको तारा मावि लिवाङ,प्युठानको क्षेत्रविकास मावि विजुवार,सल्यानको जनज्योति मावि बुटासेराकुरी दामाचौरमा ई भिलेज सेवा शुरु भएको बताइएको छ ।

नेपाल सरकार सुचना तथा संचार प्रविधि मन्त्रालयको मन्त्रि स्तरिय बैठकले ई भिलिेज कार्यक्रम संचालन तथा व्यवस्था कार्यविधि २०७० अनुसार ग्रामिण प्रविधि विभागले २०७१ साल देखि ई भिलेज केन्द्र स्थापना गरी प्रविधिको सहयोग गरी सुचना र संचारमा पहुंच पुगाउन सफल रहेको बताइएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा भिडिसेफ कालीकोटको सहयोगमा जिल्लाका नरहरिनाथ गाउँ पालिकाको कुमालगाउँ,तिलागुफाको फोइमा युवा सुचना केन्द्र स्थापना गरी ग्रामिण क्षेत्रमा सुचनाको पहुंच पुगाउन सफल भएको भिडिसेफ कालीकोटका शंकर उपाध्यायले बताउनु भएको छ । उक्त सेवाबाट समुदाय स्तरमा फोटो कपि लगाएतका सेवामा सहुलिएत हुने गरेको उपाध्यायको भनाई रहेको छ ।
कालीकोट जिल्लाका विभिन्न ठाउँमा संचालनमा ल्याइएका इटेलि तथा प्रविधि सम्बन्धि सेवाहरु प्रयोग विहिन भएको अवस्थामा यस विद्यालयमा निरन्तर जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित