माओवादी सदस्यता नलिदा तलव रोक्का

7
SHARES
15
VIEWS

रुकुम पश्चिम ।  नेकपा(माओवाद केन्द्र)को पार्टीको सदस्यता नलिएकै कारण कर्मचारीको तलव रोक्का गरिएको छ । पश्चिम रुकुमको एक विद्यालयका कर्मचारीहरुको तलव रोक्का गरिएको हो । फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरुले जागिर नपाउने गुनासो बढिरहेका बेला सरकारी कर्मचारीहरुले समेत तलब नपाउने गरेको पाइएको छ ।

यहाँका एक सरकारी विद्यालयमा कार्यरत शिक्षकको तलब गाउँपालिकाले रोक्का गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ८ स्थित जनप्रिय माध्यमिक विद्यालयका एक शिक्षकको नाम तलब पाउनेको लिस्टबाट हटाएपछि चार महिनादेखि तलब पाएका छैनन् ।

यहाँका शिक्षक केपबहादुर खड्काको आव ०७७–०७८ को दोश्रो चौमासिकको तलव रोक्का गरिएको हो । उनी दुई वर्ष पहिले गाउँपालिकाको अनुदान कोटामा प्रतिस्पर्धा गरेर नियुक्त भएका हुन् ।

धेरै समयदेखि उनलाई माओवादी बन्न दबाब आइरहेको र उनले सदस्यता लिन नमानेपछि तलब रोकिएको छ ।

 ‘म बिद्यालयमा नियमित गएर पढाउने काम गरिरहेको छु, तर राजनीतिक आस्थाको आधारमा तलब दिइएन,’ शिक्षक खड्काले भने, ‘यो भन्दा शोषण र अन्याय के होला र ?’ उक्त विद्यालयका अन्य सबै कर्मचारीको तलब भने नियमित भैरहेको छ । गत कार्तिक महिनादेखिको तलब खड्काले पाएका छैनन् ।

खड्का नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको साधारण सदस्य हुन् । उनलाई गाउँपालिका र वडा स्तरका माओवादी केन्द्रका नेताहरुले आफ्नो पार्टीको सदस्यता लिन पटक पटक दबाब दिँदै आएका थिए । जबरजस्ती सदस्यता लिन दवाव दिइरहे तापनि उनले शिक्षक संघ नछोड्ने बताएका थिए । त्यसपछि गाउँपालिकाले उनको तलब रोकेको हो ।

यता गाउँपालिका अन्तर्गतको शिक्षा शाखाले भने चौमासिकको तलब सूचीमा शिक्षक खड्काको विवरणसमेत साविक झै राखेर पालिकामा पठाएको थियो ।

तर गाउँपालिकाले भने उनको नाम तलबी विवरणबाट हटाएको हुनाले उनको तलब नआएको हो । श्रोतका अनुसार त्यहाँको विद्यालय व्यबस्थापन समितिको मिलोमतोमा पालिकाले तलब नदिएको हो ।

नेपाल शिक्षक संघ रुकुमकी अध्यक्ष तारा चन्दले शिक्षक संघको सदस्यता नविकरण नगर्न दबाब आएको तर उनले सदस्यता नविकरण गरेको सूचना गाउँपालिमा पुगेपछि तलब रोक्का गरेको बुझिएको बताइन् ।

यसरी श्रमजीवी शिक्षकलाई मानसिक तनाव दिँदै शोषण गर्न नपाइने र यस कार्यको प्रतिवाद गरिने अध्यक्ष चन्दको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित