पचालझरनाका युवायुवतिलाई सुर्खेतमा लोक सेवा तयारी कक्षा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले गाउँ पालिकाको लगानिमा ३५ जना युवा युवतिहरुलाई लोक सेवा तयारी कक्षा संचालन गर्ने भएको छ ।

पचालझरना गाउँ पालिकाले तय गरेको सुनौलो भविष्य बोकेका युवायुवति संग अध्यक्ष कार्यक्रम अन्तरगत जिल्लाकै पहिलो पटक स्थानिय तहको लगानिमा भएको लोक सेवा तयारी कक्षा हो । वडा न. १ देखि ९ सम्मका युवा युवतिहरुलाई लोक सेवा कक्षा संचालन गरिने भएको छ ।

सुर्खेतको पचालझरना एजुकेशनल एकेडेमि प्रा.लि.को समन्वयमा सुर्खेतको विरेन्द्र नगरमा शनिबार उद्घाटन गरिने एकेडेमीका संचालक विष्णु कान्त न्यौपानले बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकामा अन्य स्थानिय तह भन्दा भिन्न कार्यक्रमहरु संचालन गरेर चर्चामा रहेको छ ।

कर्नालि प्रदेशकै सबै भन्दा अघि गोठालो भत्ता दिएर चर्चामा आएका अध्यक्ष खडगराज सेजुवालले पचालझरनाको फेदीमा गाउँ सभा तथा पत्रकार महासंघ कर्नालि प्रदेशको साधारण सभा साथै गाउँ पालिका भरिका शहिदहरुको सम्झनामा सालिक बनाई प्रतिक्षालय बनाएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिकामा एक वडा एक पत्रकार बनाउन तालिम संचालन गर्नुका साथै विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

त्यति मात्र नभई पचालझरना गाउँ पालिकामा विद्युत संचालन हुनु,प्रशासनिक केन्द्र पणेक्षामा दैनिक प्रशासनिक काम कार्वाहीका लागि शुरुवात गरेको छ भने पचालझरनाको विकासका लागि सबै वडाहरुमा सडक संजाल जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित