काठमाडौं। नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवस आज मनाइँदैछ ।
स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेन लगायतका संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।
राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएका स्वर्गीय कोइराला पटक–पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
२०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए । उनको निधन २०६६ साल चैत ७ गते मण्डिखटारमा भएको थियो ।
Discussion about this post