आज दिन र रात बराबरी हुने

7
SHARES
15
VIEWS

काठमाडौँ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्न आउने भएकाले आज दिन र रात बराबरी हुने भएको छ । आजको दिनलाई अंग्रेजीमा ‘भरनल इक्वेनक्स’ भनिन्छ र ज्योतिष शास्त्रमा विषुवत् भनिन्छ ।

ज्योतिष डा. सुनील सिटौलाले सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनहरु मध्ये एक मेष विषुवत् दिन भएको बताए ।

डा. सिटौलाका अनुसार आज ध्रुव वाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलीबाट उत्तरी गोलार्धमा रात भन्दा दिन लामो र दक्षिणी गोलार्धमा दिन भन्दा रात लामो हुन थाल्छ ।

सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरुमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित