पैसा छाप्ने मेसिनसहित एकजना पक्राउ

7
SHARES
15
VIEWS

सुन्धपाल्चोक। सिन्धुपाल्चोकमा इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका– १३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।

नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा दनुवारलाई मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

पक्राउ परेका दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित