आज २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौं,जेठ। पछिल्लो २४ घन्टामा नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।

उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै नवलपरासीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार विहान कपिलवस्तुमा १३ जना र मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए ।

यो सँगै नेपालमा  कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित