सरकारद्वारा चाडपर्वको बिदा थप्ने निर्णय

7
SHARES
15
VIEWS

काठमाडौं। सरकारले ०७८ सालमा चार दिन चाडपर्व बिदा थपेको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले चार दिन विदा थप गर्ने निर्णय गरेको हो । जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट बिदा दिने निर्णय भएको छ ।

६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ ।

विभिन्न जनजातिले आफूहरूको चाडमा राष्ट्रिय बिदा दिन माग गरे पनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ ।

अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन् । ५२ वटा शनिबारबाहेक १ वैशाखमा नयाँ वर्षको बिदा हुनेछ ।

महाशिवरात्रि र फागुपूर्णिमामा दिँदै आइएको मुलुकभरि बिदा कायमै राखिएको छ । आगामी वर्ष असोजको अन्तिम साता दसैँ छ ।

२६ असोजमा फूलपाती, २७ मा महाअष्टमी, २८ मा महानवमी र २९ असोजमा विजया दशमी छ । दसैँको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने गरिएकोमा ३० असोजमा शनिबार परेको छ ।

तिहारमा तीन दिन बिदा हुनेमा आगामी वर्ष चार दिन हुनेछ । १८ कात्तिकमा लक्ष्मीपूजा, १९ कात्तिकमा गोरु तिहार र २० कात्तिकमा भाइटीका छ ।

२१ कात्तिकमा पनि सरकारले बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय दिवसअन्तर्गत १५ जेठको गणतन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पनि बिदा कायम राखिएको गृह मन्त्रालयले जनाएको छ ।

विश्व मजदुर दिवस, संविधान दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको देशव्यापी बिदा कायमै छ । जन्मजयन्तीमध्ये बुद्धजयन्तीमा मात्र सार्वजनिक बिदा हुनेछ ।

गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्रामा उपत्यकामा मात्र बिदा हुनेछ । उभौली, गौरा पर्व, इदुल फित्र, छठ, इदुल जोहा, क्रिसमस, तमु ल्होसार, सोना ल्होसार, ग्याल्पो ल्होसार, सिरुवा पावनी, धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित धर्मसंस्कृति तथा भौगोलिक क्षेत्रकाले मात्र बिदा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित