कालीकोट । सर्वाेच्चको फैसला पछि नेकपाको विघटन भए संगै नेकपा(माओवादी केन्द्र)कालीकोटको पहिलो पटक बैठक बसेको छ ।
पार्टी विभाजन पछिको राजनैतिक परिस्थिति तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । पार्टीको पछिल्लो राजनैतिक अवस्था र अन्य गतिविधि र सांगाठानिक विषयमा छलफल हुने बैठकमा सहभागि रास्कोट नगरपालिकाका प्रमुख तथा माओवादी केन्द्रका नेता काशिचन्द्र बरालले बताउनु भएको छ ।
बैठकमा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले सम्बोधन गर्ने बताइएको छ । बैठकमा जिल्लाका समसामयिक अवस्थाका बारेमा रिर्पाेट राख्ने र सो माथि छलफल गरिने बताइएको छ । जिल्ला भरको राजनैतिक अवस्था,संगठनका बारेमा योजना बनाई अघि बढ्ने बढाइने भएको छ ।
बैठकमा नेकपा(माओवादी केन्द्र)का जिल्ला स्तरका नेताहरु सहभागि भएका छन ।
Discussion about this post