कालीकोट । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकिकरण भएपछि भुमिका विहिन भएका माओवादी केन्द्रका २ नेतालाई नेकपा(माओवादी केन्द्र)को बैठकमा उचित स्थान दिएको छ ।
माओवादी आन्दोलन ताका विशेष भुमिका निर्वाह गर्दै आएका तत्कालित जुम्ला कालीकोट जनसरकार प्रमुख गणेश बहादुर शाही र रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराललाई नेकपा विभाजनको फैसला पछिको पहिलो बैठकमा उचित स्थान दिइएको हो ।
यस अघि प्रदेश कमिटि लगाएत अन्य कुनैपनि जिम्मेवारीमा नरहेका खांडाचक्र नगरपालिका २ निवासि गणेश शाही(आकाश) र रास्कोट नगरपालिका ८ निवासि रास्कोट नगरपालिकाका प्रमुख राजनैतिक जिम्मेवारीमा कुनै पनि भुमिका दिइएको थिएन ।
पार्टीको सांगाठानिक अवस्थाका बारेमा जिम्मेवारी नतोकिएपनि नेकपा(माओवादी केन्द्र)को कालीकोटको पहिलो बैठकमा ति दुई नेतालाई अतिथिका रुपमा सम्बोधन गरिएको हो ।
जिल्ला समन्वय समिति कालीकोटको सभाहलमा बसेका पहिलो बैठकमा नेकपा हुंदाका कर्नालि प्रदेश कमिटि सदस्यहरु सहितका नेताहरुको सहभागिता रहेको छ ।
Discussion about this post