शहर र गाउँको शिक्षा विचको विभेद अन्त गर्छाैं –प्रवक्ता रोकाया

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । पचालझरना गाउँ पालिकाको केन्द्र विन्दु रहेको वडा न. ४सुविधा सम्पन्न वडाका रुपमा विकास गर्ने योजना बनाएको वडा अध्यक्ष अनरुप रोकायाले बताउनु भएको छ । गाउँ पालिकाको समग्र विकास संगा जोडिएको वडा न. ४मा लाफा र राम्नाकोट गाउँ रहेका छन । जहांका गाउँमा सडकको पहुंच पुगेको छ ।

अबको दिनमा वडालाई अर्गानिक उत्पादनमा जोड दिने बताउदै वडा अध्यक्ष तथा गाउँ पालिकाका प्रवक्ता रोकायाले समुदायका लागि स्वस्थ्य,शिक्षा र कृषि क्षेत्रमा पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । वहांले भन्नु भयो कृषि क्षेत्रको प्रचुर सम्भावना रहेकाले भेडा,बाख्रा पालनमा जोड दिने, फलफुल तथा तरकारीका लागि विशेष लागि पर्ने,उत्पादित वस्तुमा अर्गानिकमा प्राथमिकता दिएको बताउनु भएको छ ।

शिक्षामा प्राविधिक क्षेत्रमा पहुंच पुगाउनु थियो त्यो हामीले पुरा गरेका छौं । गाउँ पालिकामा ज्ञानोदय माविमा कृषि प्राविधिक शिक्षालय स्थापना गर्नु हाम्रो ठुलो उपलब्धि हो । त्यसका साथै समुदायलाइ स्वच्छ खानेपानिका लागि रेडक्रस सोसाइटि कालीकोटको सहकार्यमा एक घर एक धारोको व्यवस्थापन भएको,बाख्रा पालक कृषकहरुलाई उचित व्यवस्थापन गरिएको,दुवै गाउँमा सिचाई कुलो निर्माण हुनु,छिमेकी वडामा जानका लागि कृषि सडक निर्माणको काम भएको,जलविद्युत उत्पादन गरिएको,पचालझरनाको मुख्य केन्द्र मानिएको पणेक्षामा भौतिक संरचना निर्माणको शुरुवात लगाएतका काम भएको बताउनु भएको छ ।

अध्यक्ष रोकायाले आगामी वर्ष शिक्षालाई गुणस्तर कायम गर्नका लागि आफुले कक्षा एक देखि माथि अंग्रेजि माध्यमबाट अध्यापन कार्यको थालनि गर्नुका साथै शहरको शिक्षा र गाउँको शिक्षाको विभेद अन्त कसरी गर्न सकिन्छ त्यसका लागि सरोकारवाला विच कार्याशाला तथा अन्य गतिविधिहरु सुचारी गर्ने, अभिभावकहरुमा घरको शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अभिभावकहरुका विचमा छलफल गरेर अगाडी बढ्ने,विद्युतलाई गाउँ पालिका भरी विस्तार गर्ने,विपन्न समुदायका घर निर्माण गर्ने तथा गाउँ पालिकाले लिएको खर मुक्त गाउँ निर्माण गर्ने,बाख्रा पालनलाई कृषकलाई उचित प्रोत्साहनको काम गर्ने,अर्गानिक कृषि उत्पादनका लागि प्राथमिकता दिने,गाउँ पालिकाको केन्द्रमा भौतिक संरचना निर्माणमा जोड दिने,पर्यटन प्रवद्धनमा जोड दिने लगाएतका योजना रहेको बताउनु भएको छ । वहांले विशेष गरी पालिका भरी शिक्षामा हुने अनियमिततालाई न्युनिकरण गरी गुणस्तर कायम गर्नका लागि गुरु योजना बनाउने बताउनु भएको छ ।

शिक्षा विभागका संयोजक समेत रहेका प्रवक्ता तथा वडा अध्यक्ष रोकायाले आफुले वडाका समुदायका लागि मात्र नभई समग्र गाउँ पालिकाको शिक्षामा पछि परेका समुदायहरुको हितमा योजना अनिवार्य रहेको वहाँको तर्क छ । गाउँ पालिका भरी ८ वटा मावि र १९ वटा आधारभुत विद्यालय रहेका छन ।

साविकको तिन वटा गाविसका ति विद्यालयका लागि बायोमेट्रिक हाजिरी,शैक्षिक गुणस्तरको टड्कारो आवश्यक रहेको छ । भौगालिक रुपमा विकट रहेको पचाझरना गाउँ पालिकामा एक वडा बाट अर्काे वडामा आवत जावत गर्नका लागि समय लाग्ने भएपनि कृषि तथा पशुपालनका लागि यस क्षेत्रमा उचित मानिएको पचालझरना गाउँ पालिकामा लेकालि भागमा भेडा बाख्रा पालन, मध्यम क्षेत्रमा फलफुल तथा जडिबुटि खेति र तल्लो क्षेत्रमा केरा खेतिका लागि उपयुक्त भएको बताउनु भएको छ ।

अहिले कोरोना भाइरसको व्यापक तयारीमा रहेको पचालझरना गाउँ पालिकाले स्थानिय उत्पादित वस्तुको सदुपयोग गरेको बताउदै प्रवक्ता रोकायाले जिल्ला बाहिर रहेका ६ सय बढि नागरिकको उद्धार गरेको छ भने अहिले पनि भारतमा रहेका ४ सय ४४ जनाको उद्धारका लागि पहल गरेको बताइएको छ । आगामी दिनमा यस गाउँ पालिकालाई पर्यटन क्षेत्रमा दिर्घकालिन नितिका साथ तिव्र गतिमा विकास गराउने उद्देश्य लिएको बताइएको छ । यसियाको अग्लो पचलाझरनाको थप व्यापक प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको व्यवस्थापनका लागि गाउँ पालिकाले विशेष निति लिएको छ । वडा अध्यक्ष अनरुप रोकाया तत्कालिन नेकपा(माओवादी केन्द्र)बाट विजयि हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित