कालीकोटका तिन स्थानिय तहमा प्रशासकिय भवन निर्माण हुने

7
SHARES
15
VIEWS

कालीकोट । सरकारले देशभरका स्थानिय तहमा भौतिक संरचना निर्माण गर्ने क्रममा कालीकोटका तिन स्थानिय तहमा प्रशासनिक भवन निर्माण हुने भएका छन ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको योजना तथा अनुगमन शाखाले कालीकोटका रास्कोट नगरपालिका,खांडाचक्र नगरपालिका र पचालझरना गाउँ पालिकामा यस आर्थिक वर्षबाट काम हुने गरी प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयको चैत्र १० गतेको पत्रानुसार वजेट विनियोजनका लागि पत्राचार गरेको हो । स्थानिय तहको प्रशासकिय भवन पूर्वाधार विकास कार्यक्रम संचालन कार्यविधि २०७७ अनुसार यस आर्थिक वर्ष २०७७।०७८मा संचालन गर्ने गरी वजेट व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

पचालझरनाको पणेक्षामा यस अघि भवनका लागि सिफारिस भइ गएकाले पहिलो प्राथमिकतामा परेको पचालझरना गाउँ पालिकाले जनाएको छ । गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पहिलो चरणमा भवन निर्माणा लागि वजेट व्यवस्थापन देखि सबै प्रक्रियामा सहयोग पुगाएकोमा सहयोगि मनहरुलाई धन्यवाद दिनु भएको छ ।

पणेक्षामा अस्थायि टहरामा दैनिक प्रशासनिक कामकाज हुंदै आएको छ ।

रास्कोट नगरपालिका साविकको स्युना गाविसमा काम काज गर्दै आएको छ भने खांडाचक्र नगरपालिका भने भाडामा बस्दै आएको छ ।

जिल्लाको नरहरिनाथ गाउँ पालिकामा संघिय सरकार र प्रदेश सरकारको वजेटमा भवन निर्माणधिन अवस्थामा रहेको बताइएको छ ।

कर्नालि प्रदेशका डोल्पाका ४,हुम्लाका ५,कालीकोटका ३,दैलेखका १,जाजरकोटका २,रुकुम(पश्चिम)का २,सल्यानका १ र जुम्लाका १ स्थानिय तह गरी २० स्थानिय तहमा प्रशासकिय भवन निर्माण हुने भएका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित