जनप्रतिनिधिलाई भष्टाचारी भनेर सामाजिक संजालमा फोटा हालिएकोमा आफन्त द्धारा आपत्ति

7
SHARES
15
VIEWS

कालीकोट । डेढ वर्ष अघि गाउँ घरमा योजनाको विषयलाई लिएर भएको विवादमा कुटपिट भएका पचालझरना १ का वडाअध्यक्ष रत्नलाल न्यौपानेका फोटालाई लिएर भष्टाचारी जनप्रतिनिधिलाई रामधुलाई भनि सामाजिक संजालमा हालिएको प्रति आफन्तले कडा आपत्ति जनाएका छन ।

कुटपिटका क्रममा घाइते वडा अध्यक्ष रत्नलाल न्यौपानेको बारेमा जिल्ला अदालत कालीकोटमा मुद्धा जारी रहेको अवस्थामा आइतवार भष्टाचारी जनप्रतिनिधिलाई राम धुलाई भनेर दिपक बोगटी नाम गरेका व्यक्तिले सोमबार ६ बजेको समयमा आफुले फेसबुकमा पोष्ट गरेका छन । उनलाई यस फोटा हटाउनका लागि अनुरोध गरेका छन ।

आफन्तले कुरा नबुझि अनावश्यक रुपमा आक्षेप लगाई सामाजिक संजालमा हाल्नु दुःखको कुरा भएको बताउदै उक्त फोटा डिलिट गर्न अनुरोध गरेका छन । उक्त फोटा बाहिर आएपछि पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले समेत विरोध जनाउदै तत्काल फोटा र पोष्ट गरेका आपत्ति जनक शव्दहरु हटाउन अनुरोध गर्नु भएको छ ।

यदि त्यसलाई वेवास्ता गरेमा साइवर अपराध सम्बन्धि मुद्धा दायर गर्ने बताउनु भएको छ । कहिलेको कुरा अहिले ल्याएर घाउमा  नुनचुक छर्ने काम भएको भन्दै विरोध जनाइएको छ ।

फेसबुकमा डोटी निवासि उल्लेख गरिएका दिपक बोगटी भारतको महाराष्टमा बस्दै आएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित