मानसिंह विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा

7
SHARES
15
VIEWS

दैलेख ।  आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार सन्तान सहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको घटनामा सुकीका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ। उक्त घटनामा सुकीका श्रीमान ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै सुकीका भाइ बजिरसिंह थापाले आत्महत्या दुरुत्साहन मुद्दा दिएका हुन्।

मानसिंह विरुद्ध ज्यान सम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन) मुद्धाको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए। आत्महत्या दुरुत्साहन मुद्धामा जाहेरी परेको र सुकीका श्रीमान मानसिंह पक्राउ परिसकेको प्रहरी निरीक्षक सुनारले बताए। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सुकीका श्रीमान मानसिंहलाई प्रहरीले दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती दिइ थप अनुसन्धान थालेको छ।

सुकी चार सन्तानसहित फागुन २३ गते कर्नालिमा हाम फालेकी थिइन्। कर्नालि नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षीय ललित बडुवालको शव पनि कर्नालि नदीमै भेटिएको थियो। कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

आमासहित कर्नालि नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भने १० दिनपछि कर्नालि नदिको किनारमै भेटिएको थियो। उनको शव १० दिनपछि अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्नालि नदी किनारमा भेटिएको थियो।  कर्नालि मा हाम फालेर आत्महत्या गरेका पाँचै जनाको पोष्टमार्टम अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा गरिएको थियो।

# अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित