रास्कोटमा मुख्यमन्त्रि रोजगार कार्यक्रममा महिला सहभागिता बढ्दो

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशमा लोकप्रिय रहेको मुख्यमन्त्रि रोजगार कार्यक्रमले महिला सहभागिता बढ्न थालेको छ ।

मुख्यमन्त्रि रोजगार कार्यक्रममा महिलाहरुको सहभागिता ४५ प्रतिशत बढि रहेको र ज्याला पनि समान रहेको बताइएको छ । रास्कोट नगरपालिकाको लडेखोला देखि वडा न. ३को कार्यालय सम्मको सडक निर्माण कार्यक्रममा महिला सहभागिता बढि रहेको बताइएको छ ।

४०लाख बजेट रहेको उक्त सडकको आज वडा अध्यक्ष देउसिंगे कुमाल र वाइसिएल नेपालका कालीकोट जिल्ला संयोजक जग्ग फडेराको उपस्थितिमा कामको उद्घाटन गरिएको हो । उक्त काममा ५ वटा समुहमा २० देखि २४ जना सहभागि मध्ये ४५ प्रतिशत महिला सहभागिता रहेको छ भने २५ प्रतिशत दलित र २० प्रतिशत गैरदलितको सहभागिता रहेको बताइएको छ ।

वाइसिएल नेपाल कालीकोटका संयोजक जग्ग फडेराका अनुसार आजै एकता आधारभुत विद्यालयको ५ कोठे भवनको समेत काम शुरु गरिएको बताइएको छ । उक्त विद्यालयको भवनका लागि प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत २४ लाख बजेटमा ८० जना समुदायले निर्माण गर्ने बताइएको छ ।

पछिल्लो समयमा प्रधानमन्त्रि तथा मुख्यमन्त्रि रोजगार कार्यक्रममा एक घरका एक जनाले काम गरे वापत एक मुष्ट ५० हजार रकम पाउने व्यवस्था गरिएको छ । रास्कोटमा रोजगार कार्यक्रमले नमुना काम हुने स्थानियले दावि गरेका छन ।

रोजगार पनि गाउँको विकास पनि हुने भएकाले सबैले राम्रो काम गर्नु पर्नेमा जोड दिने रास्कोट नगरपालिका वडा न. ३का वडा अध्यक्ष देउसिंगे कुमालले बताउनु भएको छ । आफुले वडाको समग्र विकासका लागि चासो दिएको र समुदायले त्यसमा साथ दिनु पर्नेमा अध्यक्ष कुमालको जोड रहेको छ ।

कालीकोट जिल्लाका अधिकांस स्थानिय तहमा यस कार्यक्रमबाट नमुना काम भएको छ भने कतै छारो झारेर बजेट पचाउने काम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित