कालीकोटमा मास्क नलगाएर हिडेमा कार्बाही गरिने,स्वास्थ्य सतर्कता अपनाउन प्रशासनको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट ।कोभिड १९ को दोर्सो चरण भारत लगाएतका मुलुक हुदै देशभर कोरोनाका बिरामी बढे सङ्गै कालीकोटमा स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गर्दै सबैलाइ आवत जावतमा ध्यान पुर्याउनु जिल्ला प्रशासन कार्यलय कालीकोटले आग्रह गरेको छ ।

बिहीबार एक सुचना जारी गर्दै  कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य द्वारा हस्ताक्षरीत सुचनामा सतर्कता अपनाउनु का साथै भिडभाड नगर्न अनुरोध गर्दै मास्क नलगाइ हिड्न नपाइने भनिएको छ ।

जिल्ला बिपद ब्यबस्थापन समितिको बैठकले भिडभाड नगर्न नगराउन,सेनिटाइजर, सामाजिक दुरी पालना गर्न अनुरोध गरिएको बताइएको छ ।

यदि मास्क नलगाई हिडेमा सन्क्रामक ऐन २०२० अनुसार कार्बाही हुने उल्लेख गरिएको छ ।यस अघि मास्क नलगाइ हिंड्ने ब्यक्तिबाट प्रहरीले १ सय रुपैयाँ जरिवाना लिने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित