माओवादी केन्द्र द्धारा गाउँ अभियानमा त्रिव्रता

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा विभाजन पछि माओवादी केन्द्र कालीकोटले गाउँ अभियान थालेको छ ।

जिल्लाको पहिलो बैठकबाट नयाँ जिम्मेवारी तोकेर गाउँ अभियान थालनि गरेको हो । कालीकोट जिल्लाका विभिन्न स्थानिय तहमा पार्टी संगठन सुदृढ गर्ने, कार्यक्रता भेटघाटा तथा जनताहरुलाई अहिलको समसामयिक परिस्थितिका बारेमा जानकारी गराउन टोल स्तरमा जनभेटघाटलाई तिव्रता दिएको हो ।

कालीकोट जिल्लाको महावै गाउँ पालिकामा आज(विहबार) शुरु गरिएको कार्यक्रममा जिल्ला अध्यक्ष धनजित शाही(आदर्श)महावै गाउँ संगठन समितिका इन्चार्ज लक्ष्मि चौलागाई(शैलेन्द्र) गाउँ कमिटिका सह इन्चार्ज लगाएत लगाएत, गाउँ कमिटि अध्यक्ष हर्क शाही, सचिव भिम बहादुर सिंहको उपस्थितिमा पहिलो पटक अगुवा कार्यक्रता भेटघाट भएको बताइएको छ ।

कार्यक्रताहरुले पार्टी विभाजन पछि स्थानिय स्तरमा नेताहरुको उपस्थिति भएपनि नेकपा हुंदा कार्यक्रतालाई हेर्ने दृष्टिकोण बदलिएको भन्दै नेतृत्वको चर्काे आलोचना गरेको बताइएको छ । महावै गाउँ पालिकाको पादमघाटमा भएको कार्यक्रमले टोल स्तरमा अभियानलाई तिव्रता दिने निणर्य गरेको बताइएको छ ।

जिल्ला भर यस महिना भित्र अभियान संचालन गरिने नेकपा(माओवादी केन्द्र) कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित