कुन दलमाथि जनताको विश्वास कति ?

7
SHARES
15
VIEWS

काठमाडौं ।  राजनीतिक दलहरूले जनताको आस्था र रुचि सम्बोधन गर्न नसकेको एक सर्वेक्षणले देखाएको छ। शेयरकास्ट इनिसिएटिभ नेपालले गरेको सर्वेक्षणमा ७६ प्रतिशतले कुनै पनि दलले आफ्नो र आफ्नो परिवारको भावनाको प्रतिनिधित्व गर्न नसकेको जवाफ दिएका छन्।

सर्वेक्षणमा सहभागीमध्ये १६.४ प्रतिशतले भने वर्तमान राजनीतिक दलले नै आफ्नो आस्था र रुचि सम्बोधन गरेको बताएका छन्। दलले आफ्नो भावना प्रतिनिधित्व गर्छ भन्नेहरूमध्ये सबैभन्दा बढी अर्थात् ३० प्रतिशतले नेपाली कांग्रेसले आफ्नो प्रतिनिधित्व गर्ने बताएका छन्।

त्यस्तै, २८ प्रतिशतले नेकपा (केपी ओली), ११ प्रतिशतले नेकपा (माधव–दाहाल) र ५ प्रतिशतले जनता समाजवादी पार्टीले आफ्नो भावना बोक्ने विश्वास व्यक्त गरेका छन्। यो सर्वेक्षण नेकपा एकीकरण बदर हुनुअघि गरिएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ०.४ प्रतिशत, नेपाल मजदूर किसान पार्टी र साझा विवेकशील पार्टीको पक्षमा समान ०.१ प्रतिशत जनमत देखिएको छ। त्यसबाहेकका दल रोज्नेहरू ५ प्रतिशत छन् भने २० प्रतिशतले भन्न चाहन्नँ वा थाहा छैन भन्ने जवाफ दिएका छन्।

शेयरकास्टका अध्यक्ष मधु आचार्यका अनुसार यो सर्वेक्षण १६ वर्ष उमेर पुगेका ५ हजार ८२ जनामा गरिएको हो। उनीहरूलाई ९ फागुनदेखि २३ फागुनमा टेलिफोनमार्फत प्रश्न सोधिएको थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नब्युँतिंदै गरिएको सर्वेक्षण भएकाले नेकपा (ओली) र नेकपा (माधव–दाहाल) पक्षको नतिजा नै यहाँ प्रस्तुत गरिएको छ।

सर्वेक्षण अनुसार प्रदेशगत रूपमा कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी लोकप्रिय देखिन्छ। सुदूरपश्चिमका ३९ र प्रदेश–२ का ३८ प्रतिशतले कांग्रेसले आफ्नो भावनाको प्रतिनिधित्व गर्ने बताएका छन्।

नेकपा (ओली) माथि विश्वास गर्नेहरू कर्णालीमा ५० प्रतिशत र गण्डकीमा ३८ प्रतिशत छन्। प्रदेश २ मा सबैभन्दा कम अर्थात् १७ प्रतिशतले मात्रै नेकपा (ओली)ले आफ्नो प्रतिनिधित्व गर्न सक्छ भनेका छन्।

नेकपा (माधव–दाहाल)को पक्षमा सबैभन्दा बढी कर्नालि मा २३ प्रतिशत जनमत देखिन्छ। गण्डकीमा नेकपा (माधव–दाहाल) ले प्रतिनिधित्व गर्छ भन्नेहरू २ प्रतिशतभन्दा कम छन्।

लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन पनि कांग्रेस नै भरपर्दो भएको उनीहरूको भनाइ छ। सर्वेक्षणमा ३५ प्रतिशतले कांग्रेस, २५ प्रतिशतले नेकपा (ओली), ११ प्रतिशतले नेकपा (माधव–दाहाल) र ३ प्रतिशतले जनता समाजवादी पार्टीले लोकतान्त्रिक गणतन्त्र जोगाउन सक्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित