पत्रकार महासंघको केन्द्रिय अधक्ष्यका लागि शर्मा, पोखरेल र बुढाथोकीको उम्मेदवारी

7
SHARES
15
VIEWS

 

१५ चैत

काठमाडौं। नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्व (अध्यक्ष) का लागि तीनजनाको उम्मेदवारी परेको छ ।

शनिबार भएको मनोनयन दर्ताका क्रममा निर्मला शर्मा, विपुल पोखरेल र गजेन्द्र बुढाथोकीले अध्यक्ष पदका लागि उम्मेवारी दिएका हुन् ।

२६ औं महाधिवेशनका लागि प्रेस चौतारी नेपालको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट निर्मला शर्मा, प्रेस यूनियन र प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनका तर्फबाट विपुल पोखरेल तथा स्वतन्त्र रुपमा पत्रकार गजेन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातीमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखासमिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् ।

यस्तै संयुक्त गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मेदवारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराएका छन् । महासङ्घको निर्वाचन यही चैत २५ गते हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित