होली खेल्ने क्रममा कांग्रेसका जिल्ला सदस्यसहित दुई जनाको हत्या

7
SHARES
15
VIEWS

बाग्लुङ

१६ चैत । बाग्लुङ जिल्लामा कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्यसहित दुई जनालाई कुटपिट गरेर हत्या गरेका छन् ।

आइतबार दर्लिङ र राजकुटको सिमाना नजिकैको बल्देको धुरी भन्ने स्थानमा कम्युनिस्टका करीव ५० जनाको समूहले कुटपिट गरेर बाग्लुङ कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर र स्थानीय दीपक दमाईलाई हत्या गरेको बाग्लुङ कांग्रेसले आरोप लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख ९एसपी० कृष्ण पल्ली मगरले घटनामा दुई जनाको हत्या भएको जानकारी दिए । उनले भने, ‘प्रकाश कुँवर र दीपक दमाईको हत्या भएको खुल्न आएको छ । घटनाको अनुसन्धान शुरु भइसकेको छ । दोषीलाई कारबाही हुन्छ ।’

प्रहरीले आइतबार राति ९ बजेसम्म हत्यामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । एसपी मगरले अनुसन्धानका क्रममा रहेको र राति भएकाले प्रहरी परिचालन भइसकेको जानकारी दिए । उनले भने, ‘घटनामा दोषी जो भए पनि उन्मुक्ति पाउँदैन । कारबाही हुन्छ ।’

होलीको दिन भएको र मेला तथा पिकनिकमा विवाद हुँदा झण्ड भइ दुई जनाको मृत्यु भएको एसपी मगरले बताए ।

मृत्यु हुने निसिखोला गाउँपालिका– ७ का ३६ वर्षीय कुँवर र सोही ठाउँका ३४ वर्षीय दमाई रहेको जिल्ला प्रहरी कार्यलय बाग्लुङले पुष्टि गरेको छ ।

कम्युनिस्टका करीव ५० जनाको समूहले कुटपिट गरेर कुँवर र परियारलाई हत्या गरेर भिरबाट खसालिदिएको नेपाली कांग्रेस बाग्लुङले जनाएको छ । कांग्रेसले हत्यामा संलग्न कम्युनिस्टका कार्यकर्ताहरूलाई पक्राउ गरेर हदैसम्मको कारबाहीको माग गरेको छ ।

नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर र स्थानीय दीपक परियारको हत्यामा संलग्न सबैलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

उनले हत्या गरिएका कुँवर र परियारलाई न्यायका लागि तरुण दलले दवाव दिने बताएका छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशमा शान्ति सुरक्षा बनाउन नसकेको भनेर आलोचना भइरहेका बेला बाग्लुङमा कांग्रेसका जिल्ला सदस्यसहित दुई जनाको कम्युनिस्टका नेता कार्यकर्ताले कुटपिट गरेर हत्या गरेका छन् ।

यो घटनाले देशमा जंगल शासन शुरु भएको नेपाल तरुण दल बाग्लुङले आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित