जोखिम मोल्दै तिखात्तिका विद्यार्थी

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका वडा नँ ९ का बिद्यार्थी काे ज्यान जाेखिमा राखेर यात्रा गर्न बाध्य भएका छ्न  । सडक निर्माण गर्ने क्रममा बाटो अबरुद्ध भएपछी आवत जावतमा कठिनाइ हुने गरेको हो ।

पचालझरना गाउ पालिकाको तिखात्ती,कोटिला गाउका विद्यार्थीहरुलाइ   सरस्वती मा बि भिट्टा र बिद्यादेबी मा बि मयकाेट जाने क्रममा सडक निर्माण हुँदा पदाला भिर बाट ठुलाे पहिराे आएपछी समस्या आएको विद्यार्थीहरुले बताएका छ्न ।

आवत जावत गर्न बिद्यार्थी र स्थानीय बासीलाई सास्ती भएकाे छ। कालिका देबी आ बि का शिक्षक सँकर सँज्यालले बाटोमा कठिन भई बिद्यालय आउन गार्हो हुन  गएकाे बताउनु भएकाे छ । वहाँका अनुसार माथिल्लो भाग बाट ढुङ्गा आउने र दौडधुप गरि स्कुल जानू पर्ने बिद्यार्थी नेकल शाहीले बताएका छन। सडक निर्माण गर्दा बन समेत बिनास हुन गएको स्थानीयले बताएका छन।

बाटो सङ्गै सिचाँई कुलाे,खानेपानी समेत अबरुद्ध भएकाले मर्मतका लागि स्थानीयले माग गरेका छ्न ।

पचालझरना ९ का वडा अध्यक्ष जोरे तिरुवाले बाटो सङ्गै अन्य असुबिधा भएकाले उक्त सडकको काम हुँदै गएकाले आवत जावतको समयमा सडक निर्माणको काम बन्द गर्ने गरेको बताउनु भएको छ ।

उक्त सडक निर्माण पछि सबै क्षेती पुगेको स्थानमा मर्मत गरिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित