पचालझरनामा भैंसी पालन भन्दा,बाख्रा पालन बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । भेडा बाख्रा पालनमा सरकारले गोठालो भत्ता दिन थाले पछि पचालझरनामा भैसि पालन ब्यबसायको ठाँउमा भेडा तथा बाख्रा पालन  बढ्न थालेको छ ।

बन जङ्गल प्रसस्त पाउने भएकाले पशुपालनमा निकै संभावना रहेको पचालझरना गाउँ पालिकामा भैंसी पालन भन्दा भेडा बाख्रा पालनमा संख्या बढ्न थालेको हो । सबै भन्दा बढी भैंसी पालन गर्ने साबिकको बदालकोट गाबिस को सिकुका कृषकहरुले भैंसी पाल्न छोडेर भेडा बाख्रा पाल्न थालेको  बताएका छ्न ।

लामो समय देखि भैंसी पालन गर्दै आएकी कृषक सुर्जा शाहीले सिकुको घाटज्युलामा १ सय बढी भैंसी पालन गर्दै आएको भएपनि अहिले भने पचालझरनाको वडा नम्बर १ सिकुको घाटमा बस्ने जम्मा ७ जनाले मात्र भैंसी पालन गरेको बताइन । उनले भनिन पहिले धेरैका भैंसी थिए अहिले भने घट्दै गएका छ्न ।

कृषक गौरा खड्काले पहिले भैंसी पालेर जिल्ला बाहिर घ्यु बिक्री गर्ने गरेको भएपनी घरमा मोहि खानका लागि भएपनी भैंसी पाल्ने आफुहरुका छोराछोरी गाउँमा नबस्ने र खेतीपाती भन्दा अन्य पेशा रोज्न थालेकाले भैंसी पालन रहर जस्तै हुन थालेको बताइन ।

गएको वर्ष भन्दा यस वर्ष भेडा बाख्रा पालन गर्नेको संख्या बढेको पचालझरना गाउँ पालिका पशु शाखा प्रमुख बिरेन्द्र बमले बताए ।उनका अनुसार गाउँ पालिकाले ५० देखि १०० सम्मका भेडा बाख्रा पालन गर्ने कृषकलाइ मासिक १ हजार,१ सय देखि  १ सय ५० सम्म  मासिक २ हजार सो भन्दा माथी भेडा बाख्रा पालन गर्ने कृषकलाइ मासिक ३ हजार गोठालो भत्ता कृषकको बैंक खातामा जम्मा गर्ने गरेको बताएका छन ।प्रमुख बमका अनुसार चरनक्षेत्रको अभाब र व्यावसायिक पशुपालनको कमि भएकाले भैंसी पालन गर्ने क्रम घटेको छ । यस वर्ष मात्र ९६ जना कृषकहरुले भेडा तथा बाख्रा पालनका लागि निबेदन दिएको बताइएको छ ।

प्रमुख बमले दिएको जानकारी अनुसार ५० देखि १०० सम्मका ८२ जना,१ सय देखि २ सय सम्मका १३ जना र २ सय भन्दा माथी १ जना गरी ९६ जनाको निवेदन आएकोमा स्थलगत अनुगमन मार्फत गोठालो भत्ता दिइने भएको छ । यस वर्ष ७ लाख १० हजार बजेट बिनियोजन गरिएको र अपुग भएमा थप गरिने छ ।

पचालझरना गाउँ पालिकामा २ हजार तीन सय ९६ घरधुरी मध्ये १ हजार ३ सय ६६ जनाले भैंसी पालन गर्दै आएका छ्न । यस वर्ष तथ्यांक निकाल्ने पहल भएको पशु शाखाले जनाएको छ ।

पचालझरनाका कृषकलाइ पशु पालन ब्यबसायमा आकर्षण गर्न र आत्म निर्भर बन्न गोठालो भत्ताको ब्यबस्थापन गरिएको पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले दाबी रहेको छ । यस कार्यक्रम लोकप्रिय बन्दै गएपछी जिल्लाका अन्य गाउँ पालिकाले सिको गर्न थालेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित