माओवादी केन्द्र पचालझरनाको बैठक सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)पचालझरनाको पहिलो बैठकबाट संगठनलाई पूर्णता दिदै  सम्पन्न भएको छ ।

पचालझरनाको लाफामा बसेको बैठकले नेकपा हुदाको गाउँ कमिटीलाई पूर्णता दिदै जिम्मेवारी हेरफेर गरेको छ । ८३ सदस्य गाउँ कमिटी गठन गर्दै वडा स्तरका कमिटी समेतलाइ पुर्णता दिएको छ । उक्त बैठकलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)कालीकोटका अध्यक्ष धनजित शाही, गाउँ कमिटी इन्चार्ज देबराज शाही,पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल लगाएतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा पचाल्झरनामा माओवादी केन्द्रको संगठनलाई पुर्णता दिदै गाउँ गाउँ मा अभियान तिब्र पार्ने र बस्तुगत अवस्थाका बारेमा सबै कार्यक्रतालाइ लाग्न अनुरोध गर्दै जिल्ला अध्यक्ष शाहीले देशको अवस्था जटिल भएकाले सबैले आ आफ्नो स्तरमा दत्त चित्तका साथ लाग्नु पर्नेमा जोड दिनु भएको छ ।

बैठकले  चैत्र २४ को जनआन्दोलन दिवसलाई पालिका स्तरमा मनाउने निर्णय समेत गरेको गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताउनु भएको छ ।

नेकपा बिभाजन पछि कालीकोटमा नेकपा(माओवादी केन्द्र) ले कालीकोटका विभिन्न पालिकामा पार्टीको आन्तरिक बैठक गर्दै पार्टी सङ्गठनलाई ब्यबस्थित गर्न शुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित