रास्कोटमा ओखर खेतिका लागि कृषकलाइ अभिमुखिकरण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा ओखरखेतिका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।कृषि बिकास कार्यालय कालीकोटको आयोजनामा रास्कोटका २१ जना कृषकलाइ ओखरखेती सम्बन्धी जानकारी  गराइएको छ ।

नगरपालिकामा ओखरलाइ पकेट क्षेत्रका रुपमा लिदै आत्मनिर्भर बनाउन गत वर्ष र यस वर्ष गरि ओखरका बिरुवा लिएर खेती गरेका कृषकलाइ तालिम दिएको हो ।  तालिम कार्यक्रममा कृषक सहित नगर पालिका प्रमुुख काशी चन्द्र बराल, कार्यकारी प्रमुख जवानसिङ्ह बम लगाएतको उपस्थिति रहेको बताइएको छ । तालिमको सहजीकरणमा बोल्दै रास्कोट नगरका प्रमुुुख बरालले माथिल्लो क्षेत्रमा ओखर खेतिको प्रचुर संभावना भएकाले सबैले व्यापक मात्रामा ओखर खेती गर्न अनुरोध गर्नु भएको छ ।

उक्त  तालिमको सहजीकरण गर्दै बागबानी अधिकृत बुद्ध बिकले ओखरखेतीमा आउने चुनौती तथा रोगका बारेमा कृषकलाइ जानकारी गराइएको हो ।

उक्त कार्यक्रममा कृषि बिकास कार्यालय ४ लाख ५ हजार र हिमचुली कृषि सहकारी सस्था लिको ३ लाख ७२ हजार गरेर ७ लाख ७७ हजार लगानिमा    ओखरका बिरुवा बितरण गरिएको   सेवा कार्यालय ब्यबस्थापक मनिका बोहराले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित