कालीकोट । पचालझरनाको सिकुमा प्रधानमन्त्रि रोजगार कार्याक्रम मार्फत निर्माण गरिने कृषि सडकको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल द्धारा सिलान्यास गरिएको छ ।
सिलान्यास कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने, गाउँ पालिका प्रवक्ता अनरुप रोकाया, वडा न. २का अध्यक्ष करविर विक,वडा न. १का वडा अध्यक्ष रत्नलाल न्यौपाने सहित वडाबासिहरुको सहभागितामा सिलान्यास गरिएको हो ।पचालझरना वडा न. १को स्वस्थ्य चौकी भवन देखि कांडा गाउँ सम्मको करिव १ किलोमिटर सडकको उपभोक्ता समिति मार्फत काम गर्ने गरी सिलान्यास गरिएको हो ।
सिलान्यासका क्रममा बोल्दै अध्यक्ष सेजुवालले विकास तिव्र गतिमा गएकाले नामको मात्र नभई वास्तविक रुपमा आफैले निर्माण गरिने काममा गुणात्मक हुनु पर्नेमा जोड दिनु भएको छ । यस अघिका काम जस्तो नभई समुदायले लाभ पाउने गरी काम गर्न विशेष अनुरोध गर्नु भएको बताइएको छ ।
प्रधानमन्त्रि रोजगार कार्यक्रमको २६ लाख ८५ हजार, कर्नालि प्रदेश सरकारको १० लाख र गाउँ पालिकाको १० लाख गरी ४६ लाख ८५ हजार लगानिमा कृषि सडक निर्माण गरिने भएको हो ।
वडा न. १का अध्यक्ष रत्नलाल न्यौपानेका अनुसार प्रधानमन्त्रि रोजगार कार्यक्रमका ५० जना समुदायले सडकमा काम गर्नुका साथै प्रदेश सरकार र पालिकाबाट विनियोजित बजेटको उपभोक्ता समिति मार्फत काम गरिने बताउनु भएको छ । वहाँका अनुसार सोही सडक निर्माणमा मुख्यमन्त्रि रोजगार कार्यक्रमबाट समेत बजेट व्यवस्थापन गरिने बताउदै वडामा सडकको पहुंच पुगेको दावि गर्नु भएको छ ।
अध्यक्ष न्यौपानेले वडामा सडक र विद्युतमा पहिलो प्राथमिकतामा राखेको मध्ये सडक विस्तार भएको र विद्युतको काम यस वर्ष संचालनमा ल्याउन पहल भएको दावि गर्नु भएको छ ।
Discussion about this post