अल्के पणेक्षा सडकको अध्यक्ष सेजुवाल द्धारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षा अल्के हुदै सिकु सम्मको सडकको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल लगाएतको टोलिले अनुगमन गरेको छ । गाउँ पालिकाको वडा न.१ र २ जोड्ने उक्त सडक खण्ड तत्काल संचालन हुने भएको छ ।

अल्के सडकको १ सय ५० मिटर काम मात्र बांकी रहेकाले पणेक्षाबाट सिकु(धमालि र राम्रागाउँ) सम्म यातायातका साधन मोटरसाइकल पुग्ने भएका हुन । अनुगमनमा प्राविधिक सहितको टोलिले अनुगमन गरेको हो । उक्त टोलिमा वडा न. ४का अध्यक्ष तथा गाउँ पालिका प्रवक्ता अनरुप रोकाया,वडा न. ३का वडा अध्यक्ष लोकजंग कठायत,इन्जिनियर विप्लव भट्ट लगाएतको टोलि रहेको थियो ।

अनुगमनका क्रममा अध्यक्ष सेजुवालले पचालझरना गाउँ पालिकाका सबै वडाहरुमा सडक संजाल पुगेको र यातायातका साधन संचालनका लागि कनालि नदिमा फेरी संचालन गरिने बताउनु हुंदै गाउँ पालिका केन्द्र सम्म सहज पहुंच हुने बताउनु भएको छ ।

यस आर्थिक वर्षमा पचालझरनाका सबै वडाहरुमा सडक पुगेको बताइएको छ । वडा न. १ र २मा भात्तडि डौठे हुंदै धमालि भएर पणेक्षा जोडिने सडक मर्मत सम्भार गर्दै व्यवस्थित हुन थालेको छ । वडा न. ३मा खार्दु जोड्ने सडक समेत यस आर्थिक वर्षमा गाउँमा पुग्ने भएको हो ।

पचालझरनाको वडा न. ४ र ५को राम्नाकोट बाmभकोटमा ट्याक्टर समेत पुगेको छ भने साविकको नानिकोटमा तोलभडि हुंदै वडा न. ८को भिटा र मय सम्मको सडक सम्पन्न भएको छ त्यसै गरी वडा न.९को कोटिला तिखात्ति सडक सम्पन्न हुनुका साथै यातायातका साधन संचालन भएका छन ।

पचालझरना गाउँ पालिकामा सडक संजाल संगै अन्य विकासले गति लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित