जिल्ला भर सहकारी दिवस कहाँ कसरी मनाइयो ( फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ कालीकोट जिल्लामा ६४ औं सहकारी दिवस मनाइएको छ । जिल्लाका खांडाचक्र नगरपालिकाको मान्ममा हिमचुलि कृषि सहकारी संस्था लि.को आयोजनामा चियापान कार्यक्रम गरी मनाइएको छ भने रास्कोट नगरपालिकामा सहकारी शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिकामा कृषि तथा सहकारी शाखाको आयोजनामा सहकारी सचेतना कार्यक्रम गरिएको छ ।
रास्कोट नगरपालिकामा जिल्ला सहकारी संघ लि.का अध्यक्ष काली बहादुर महताराको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको छ भने पचालझरना गाउँ पालिकामा राष्टिय सहकारी महासंघ लि.का पुर्व संचालक तथा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालको उपस्थितिमा कार्यक्रम गरिएको छ ।

जिल्ला सदरमुकाम मान्ममा हिमचुलि कृषि सहकारी संस्था लि.को आयोजनामा गरिएको चियापान कार्यक्रममा कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतन शाहीको उपस्थितिमा कार्यक्रम भएको हो ।
जिल्ला भर सेवा कार्यालय रहेको हिमचु्लि कृषि सहकारी संस्था लि.का सबै सेवा कार्यालयमा समेत सहकारी दिवस मनाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित