शैक्षिक क्षेत्रको विकासका लागि केपि सरकार विरुद्ध आन्दोलन जरुरी –शिक्षक नेता शाही

7
SHARES
15
VIEWS

कालीकोट । एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य टोप बहादुर शाहीले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई ओझेलमा पारेकाले एक पटक सबै शिक्षकहरुले बर्तमान नेपाल सरकारका प्रधानमन्त्रि विरुद्ध आन्दोलन गर्नु पर्ने बताउनु भएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनको खांडाचक्र नगरपरिषद तथा भेलालाई सम्बोधनका क्रममा केन्द्रिय सदस्य शाहीले सो कुरा बताउनु भएको हो । सम्बोधनका क्रममा अहिलेका प्रधानमन्त्रि केपि ओलिले संघिय शिक्षा ऐन लागु गर्न कन्जुस्याइ गरेको र शिक्षा क्षेत्रका महत्वपूर्ण मुद्धाका बारेमा चासो नदिएकाले आन्दोलन जरुरी भएको बताउदै जनयुद्धकाल देखि अहिले सम्म शैक्षिक क्षेत्रका लागि निरन्तर लडिरहेको एकिकृत अखिल नेपाल शिक्षक संगठन भएकाले भावि दिनमा शिक्षा क्षेत्रको सवलिकरण र विकासका लागि निरन्तर लागि पर्ने जिकिर गर्दै विश्वका ठुला राष्टमा शिक्षा र शिक्षकलाई दिने उचित सम्मान भएपनि नेपालमा सबै भन्दा हेला गर्ने गरिएको प्रति आपत्ति जनाउनु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका नेकपा(माओवाद केन्द्र)जिल्ला अध्यक्ष धनजित शाहीले पार्टीको महत्वपूर्ण अंगका रुपमा रहेको शिक्षक संगठनले विगतमा ठुलो भुमिका निर्वाह गरेको र भावि दिनमा समेत वर्तमान सरकारका विरुद्ध संघर्ष र शिक्षकका हितका लागि निरन्तर संघर्ष गर्नु पर्नेमा जोड दिनु भएको छ ।

त्यसै गरी शिक्षक नेता तथा द्धन्द्धपिडित शिक्षक संघर्ष समितिका अगुवा सर्पराज सिंहले एकिकृत अखिल नेपाल शिक्षक संगठन वलिदानको इतिहांस बोकेको संगठन भएकाले यसलाई सामान्य तवरले नभई वैचारिक र पेशागत संगठन भएको दावि गर्दै देश भर ३ सय शिक्षकहरुको रगतबाट संगठन बनेको बताउनु भएको छ ।

माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य लक्ष्मि चौलागाई,गंगा खड्का लगाएतका अतिथिहरुले पार्टी र शिक्षकले एक अर्का विच घनिष्ठ भएर अघि बढ्नु पर्ने बताउनु भएको छ ।नगरकमिटिका अध्यक्ष कर्ण बहादुर शाहीको अध्यक्षतामा भएको नगरपरिषदे नर्या नेतृत्व चयन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित