पचालझरनामा जिल्ला अध्यक्ष सहित आधा दर्जन शिक्षक माओवादी केन्द्रमा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा भएको कार्यक्रममा जनमोर्चा आवद्ध अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष सहितका आधा दर्जन शिक्षकहरु नेकपा(माओवादी केन्द्र)निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन ।

शनिवार आयोजना गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगठनको गाउँ पालिका प्रथम परिषदमा अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रमेश संज्याल,नेपाल शिक्षक संघका हरि न्यौपाने,नेपाल राष्टिय शिक्षक संगठनका दलविर शार्की,जनमराज संज्याल प्रवेश गरेका हुन ।

गाउँ पालिका प्रथम परिषदमा नव प्रवेशिहरुलाई गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,शिक्षक नेता नमराज शाही, नेकपा(माओवादी केन्द्र)का प्रदेश सदस्य देवजंग शाही लगाएतका नेताले स्वागत गरेका छन । स्वागत गर्दै पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले नव प्रवेशीलाई स्वागत गर्दै यस अभियानलाई निरन्तर जारी रहेन बताउनु भएको छ ।

पछिल्लो समयमा पचालझरना गाउँ पालिकामा अन्य पार्टी परित्याग गरेर नेकपा(माओवादी केन्द्र)मा प्रवेशको लहर निकै चलेको छ ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै शिक्षाको क्षेत्रमा माओवादी केन्द्र र एकिकृत अखिल नेपाल शिक्षक संगठनले निरन्तर आवाज उठाउने बताउदै शिक्षक नेता नमराज शाहीले पालिकाको शिक्षाको गुणस्तर कायम राख्न शिक्षकको महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित