नरहरिनाथका सरोकारवाला संग अदालतको न्यायिक सम्वाद

7
SHARES
15
VIEWS

कालीकोट । गाउँ गाउँमा न्यायको पहुंच बृद्धि र न्यायका लागि सवलिकरण गर्न कालीकोट जिल्ला अदालतले नरहरिनाथ गाउँ पालिकामा न्यायिक सम्वाद गरेको छ ।

नरहरिनाथ गाउँ पालिकाका सरोकारवाला निकाय संग न्यायिक सम्वाद तथा समुदायमा सरकारी वकिल कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको हो । कार्यक्रममा कालीकोट जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठ,जिल्ला न्यायधिबक्ता दीपेन्द्र दनुवार र जिल्ला बैतनीक वकिल तथा अधिवक्ता हिक्मत ब बिष्टको उपस्थिति रहेको छ ।

गाउँ पालिकाको न्यायिक समितिका पदाधिकारी तथा अन्य सरोकारवाला निकायहरुका विचमा न्याय सम्बन्धि आएका कठिनाइ र स्थानिय तहले खेल्नु पर्ने भुमिकाका विषयमा छलफल तथा अन्तरक्रिया भएको गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गालाल न्यौपानेले बताउनु भएको छ ।

यस कार्यक्रमले नरहरिनाथ गाउँ पालिकामा न्याय सम्पादनमा सहजता आउने न्यौपानेको भनाई रहेको छ । वहाँले अगाडी भन्नु भयो जिल्ला अदालतका न्यायधिस, सरकारी वकिल कार्यालयका प्रमुख तथा अधिवक्ताको उपस्थितिले न्यायिक निरीक्षण संगै छलफल हुनु शुभ अवसर भएको बताउनु भएको छ ।

अभियोजन सुधार फौजदारी न्यायको आधार भन्ने मुल नाराका साथ थालनि गरेको अभियानलाई जिल्लाका अन्य स्थानिय तहमा समेत लैजाने बताइएको छ । स्थानिय तह गठन पछि न्यायिक अधिकार सहितको पालिकालाई दिएको अधिकारले कुनै स्थानिय तहमा व्यवस्थापन हुन नसक्दा समुदायले दुःख पाइरहेकाले सहजता कायम गर्न अभिायन थालनि गरेको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित