कालीकोटमा ७ सय११ जनाको पिसिआर रिर्पाेट नेगेटिभ

7
SHARES
15
VIEWS

कालीकोट, जेष्ठ । जिल्लाका ८२ वडाबाट लिएको पिसिआर रिर्पाेट नेगेटिभ आएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार स्थानिय निकायका प्रत्येक वडा बाट १० जनाका दरले स्वाब लिएकोमा सबैको रिर्पाेट नेगेटिभ आएको बताउनु भएको छ । वहांका अनुसार अन्य सङ्कास्पद ५८ जना गरि ७सय ११ पिसिआर रिर्पाेट  र ५ सय १ जनाको आरडिटी परिक्षण नेगेटिभ आएकाले कालीकोट जिल्ला सुररक्षित रहेको बताउनु भएको छ ।

जनस्वस्थय अधिकृत महतले भारतबाट आएका नागरिकहरुलाई उचित व्यवस्थापन गर्नका लागि पहिलो होटेल, दोस्रो क्याम्पस तथा विद्यालयहरुम व्यव्स्थापन गर्न अनुरोध समेत गर्नु भएको छ । जिल्लाका सबै वडाहरुमा स्वाब परिक्षण भइरहेको बताउदै पहिलो चरणको रिर्पाेटका लागि कर्णालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

बैशाख अन्तिम साता कर्णालि प्रदेशका सबै जिल्लाहरुका अबस्थाका बारेमा बुझेर मुख्यमन्त्रि सहितको टोलि आएपछि थालनि गरिएको स्वाब परिक्षणका लागि जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको समन्वयमा प्रत्येक स्थानिय तहमा ५ जना स्वस्थ्य कर्मिको टोलि स्वाब परिक्षणमा पठाइएको थियो । यस अघि ४ सय ८८ जनाको स्वाब परिक्षण पछि रिर्पोट पनि नेगेटिभ आएको थियो ।

महतले भारत तथा अन्य जिल्लाबाट आउने नागरिकलाई ब्यबस्थित क्वारेन्टाइनमा राखी नियमित स्वास्थ्य परिक्षण गर्न सकिए सङ्क्रमणलाई नियन्त्रणमा राख्न सकिन्छ ।तर अहिले क्वारेन्टाइन बनाउने बिषयमा केही पालिकाहरुमा भैरहेको अन्योलताका सन्दर्भमा सबैभन्दा उपयुक्त स्थान भनेको उपलब्ध भएसम्म सुबिधा सम्पन्न होटेलहरु , दोस्रो उपाय भनेको धेरै कोठाहरु भएको क्याम्पस वा उच्च माबि वा माबि नै हुन् ।यस्मा कुनै विवाद गर्नु भनेको मुर्खता , मानवता बिरोधि,पशुवत व्यबहार र अराजकताको पराकाष्ठा हो ।
हामी बाच्छौ तिमीहरू मर भन्नु सरह भएको बताउनु भएको छ । वहाँले भन्नु भयो राजनैतिक प्रतिशोध गर्ने बेला होईन बिरोध गर्ने जो कसैलाई पनिलाई कानुनी उपचार गर्नुपर्ने हुन्छ ।
यस्तो महासङ्कटको बेला एकले अर्कोलाई सकेजती सहयोग गर्ने र सरकारको निर्देशन पालना गर्ने हो । पाल तथा टहरामा बसाल्नु भनेको झन् पिडा दिनु र अरु थप स्वास्थ्य समस्या निम्त्याउनु हो ।
यो समस्या  १/२ दिनको होईन । बिध्यालयमा क्वारेन्टाइन बनाउदा कुनै हानी हुँदैन । सक्नुहुन्छ सहयोग गर्नुहोस् नसके बिरोध नगर्नुहोस् । सबैलाई आग्रह गर्दै महतले स्वस्थ्य जस्तो संवेदनशिल क्षेत्रमा ख्यालठट्टा नगरी तपाईंले गरेको आजको यो सहयोग र दुरव्यबहारको हिसाबकिताब भबिस्यमा हुने नै छ भन्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित