कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.ले कालीकोटका ग्रामिण क्षेत्रमा बचत तथा व्यवसायिक समुह गठनमा तिव्रता दिएको छ ।
बैकिंग सेवा नपुगेका ग्रामिण क्षेत्रका महिलाहरुले बचत गर्ने र कर्जा लिई कृषि व्यावसाय गर्ने महिलाहरुको समुह गठन गरेको हो । संस्थाको पिलि सेवा कार्यालय र मेहलमुडी सेवा कार्यालयमा समुह गठन गरेको बताइएको छ ।
पिलि सेवा कार्यालयले महावै वडा न. ५ मा महासैनि हिमचुलि महिला केन्द्रको गठन गरिएको बताइएको छ । उक्त सेवा कार्यालय व्यवस्थापक जयचन्द्र अधिकारीको उपस्थितिमा २२ सदस्य रहेको केन्द्र गठन गरिएको छ ।
त्यसै गरी मेहलमुडी सेवा कार्यालयले सान्नित्रिवेणि गाउँ पालिकाको वडा न. ४को उजेलगाउँमा समुह गठन गरिएको सेवा कार्यालय व्यवस्थापक दन्त तिरुवाले बताएका छन । सेवा कार्यालय मान्मले महिलाहरुको समुह गठन थालेको छ ।
हिमचुलि कृषि सहकारी संस्था लि. ले जिल्ला भर महिलाहरुका ४ सय बढि समुह गठन गरेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र आचार्यले बताए ।
अहिले यस सहकारी संस्थामा जिल्ला भर ९ हजार बढि महिलाहरु सदस्य रहेको र २० करोड बढि महिलाहरुमा कर्जा प्रवाह गरिएको बताइएको छ ।
२०६५ सालमा दर्ता भएको हिमचुलि कृषि सहकारी संस्था लि. कालीकोटको सबै भन्दा ठुलो तथा व्यवसायिक सहकारी संस्था हो ।
यस सहकारी संस्थाका जिल्ला भर १० वटा सेवा कार्यालय रहेको संस्थाले जनाएको छ ।
Discussion about this post