जीप दुर्घटनाहुँदा दुई जनाको मृत्यु

7
SHARES
15
VIEWS

तानसेन । पकुखुरा बोकेको पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार मध्यराति करीव सवा १२ बजे तानसेन नगरपालिका– ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा लु २ च ६३२ नम्बरको जीप दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा सवारी चालक पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय राज थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते उनीहरूलाई उपचारका लागि युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । चिकित्सकहरूले खाम्चा र थापालाई मृत घोषणा गरेको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेनतर्फ ल्याउँदै गरेको जीप अचानक बाटोदेखि २० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित