नेकपा(एमाले) केपि ओलिले भावि अध्यक्षमा इश्वर पोख्रेललाई अघि सारे

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव ईश्वर पोखरेललाई भावी अध्यक्षमा प्रस्ताव गरेका छन् । माधवकुमार नेपाल समूहलाई पार्टीभित्र प्रवेश निषेध गरेका ओलीले पोखरेललाई भावी अध्यक्ष र रामबहादुर थापा बादललाई भावी उपाध्यक्षमा प्रस्ताव गरेका हुन् ।

एमालेको बुटबलमा सम्पन्न पार्टीको नवौंं महाधिवेशनबाट पारित विधान संशोधनमा भएको ७० वर्षीय उमेरहदको प्राब्धान हटाए पनि ओलीले आगामी महाधिवेशनबाट अध्यक्षमा पोखरेललाई प्रस्ताव गरेको स्रोतको दाबी छ ।

साथै माओवादीबाट एमालेमा गएका थापालाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । उनले त्यही अनुसार तल्लो कमिटीमा प्रतिनिधि छनोटका लागि अहिलेदेखिनै व्यवस्था गर्न पोखरेललाई सुझाव दिएका छन् ।

ओलीले आगामी मंसिर २ देखि ६ गतेसम्म काठमाडौंमा एमालेको दशौं महाधिवेशनको मिति तय गराएका छन् । यद्यपि महाधिवेशन हुने नहुने अन्यौल रहेको छ । पार्टीभित्र माधव नेपाल, झलनाथ खनाल पक्षलाई बाहिर राखेर महाधिवेशन हुन नसक्ने अवस्था भए पनि ओलीले जसरी पनि पेलेर जाने मनस्थिति बनाएका छन् ।

तर बालुवाटारमा पोखरेललाई अध्यक्ष प्रस्ताव गरिरहँदा उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेलले भने त्यसमा आपत्ति जनाएका छन् । उनीहरुले महाधिवेशनको मिति तोकिएको भएपनि पार्टीभत्रको राजनीति अन्यौल भएका कारण कोही कसैलाई अध्यक्ष तोकेर जाने अवस्था नभएको र पोखरेल नै पार्टीभित्र अध्यक्ष बन्ने अवस्था र परिस्थिति बनिनसकेको भन्दै आपत्ति जनाएका थिए ।

तर ओलीले ७० वर्षे प्रावधान हटाएपछि आफै अध्यक्ष बन्ने बाटो खोलिसकेका छन् । पार्टीभित्र त्यतिधेरै विश्वास नगरेका पात्र ईश्वर पोखरेललाई ओलीले हतारिएर किन अध्यक्षको प्रस्ताव गरेका हुन् भन्ने बारेमा केही बुझ्न नसकिएको भन्दै पौडेल र पोखरेल भने आफू निकटका नेताहरुसँग छलफल गरेका थिए ।

महासचिवसमेत रहेका पोखरेलको समन्वयकारी भूमिका नभएको विगतमा संगठन विभाग प्रमुख भएपनि संगठनमा कुनै पनि प्रकारको होल्ड नभएको र कुनै पनि निर्णय गर्न सक्ने क्षमता नभएको तथा आर्थिक मामिलामा पनि स्वच्छ नभएका कारण उनीहरुले पार्टी अध्यक्ष बनाउन नसकिने धारणा राख्दै आफू निकटका नेताहरुसँग प्रधानमन्त्री ओलीले अध्यक्षको लागि तयार रहन गरेको आग्रह त्यति उपयुक्त नभएको निष्कर्ष निकालेका हुन् ।

खासगरी अहिलेको सरकारमा पोखरेलले उपप्रधानमन्त्रीको रुपमा आफ्नो क्षमता देखाउन नसकेको उनीहरुको दाबी छ । ‘ओलीले महत्वाकांक्षा मात्रै बढाइदिएका छन् । खासमा उनले पार्टीको नेतृत्व गर्न सक्दैनन्’, ओलीका वैचारिक हस्ती शंकर पोखरेलको धारणा थियो ।

पोखरेल भने दोस्रो पुस्तामा नेतृत्व गए आफै तयार भैसकेको भन्दै उनले पार्टीभित्रका सबै नेताहरुसँग वैचारिक र सांगठनिक छलफल अघि बढाएका छन् । ईश्वर पोखरेललाई अध्यक्ष दिने विषयमा ओली आफै पनि तयार नभए पनि तत्काल उनले यसो भन्नुको पछाडि विरोध भयो भन्दै आफैं अध्यक्ष बन्ने सोचमा रहेको टिप्पणी पनि गर्न थालिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित