काठमाडौं। नयाँ वर्ष २०७८ सालको अवसरमा नेपालमै अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता आयोजना गरिने भएको छ ।
रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले राजधानीको भृकुटीमण्डपमा उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानबाट रेस्लरहरूको सहभागिता रहने आयोजकमध्येकी एक अस्मिता जुरेलीले जानकारी दिइन् । ‘प्रतियोगितामा यी देशका करिब १५ जना रेस्लर सहभागी हुँदैछन् ।
अहिलेको कोभिडको विषम् परिस्थितिमा पनि सुरक्षा उपाय अपनाएर यो प्रतियोगिता सञ्चालन गर्दैछौं,’ अस्मिताले भनिन् ।
Discussion about this post