आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सको पहिलो जित दर्ता

7
SHARES
15
VIEWS

नयाँदिल्ली। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ ।

चेन्नईमा मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो ।

मुम्बइले दिएको एक सय ५३ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको कोलकताले पूरै ओभरको खेल खेल्दा ७ विकेट गुमाएर एक सय ४२ रनमात्रै बनाउन सक्यो ।

मुम्बईको जितका लागि सबैभन्दा धेरै सूर्यकुमार यादवले ५६ रनको अर्थसतकीय इनिङ्स खेलेका थिए । उनले ३६ बलमा ७ चौका र २ छक्का हानेका थिए । कप्तान रोहित शर्माले ४३ रन बनाए ।

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको मुम्बई कोलकतासँगको खेलमा भने विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित