सांस्कृतिक पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ लोकार्पण

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक सांस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ लोकार्पण गरेका छन् ।

आज आइतबार बिहान देउवा निवास बुढानिलकण्ठमा उक्त पुस्तक लोकार्पण गरिएको हो । २० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको साँस्कृतिक पक्षको खोज तथा अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए । महतले भने, ‘यस किसिमका अनुसन्धानले नेपालको साँस्कृतिक समृद्धिमा जोड पुग्ने छ । यस्ता खोज अनुसन्धानहरुलाई नेपाली कांग्रेसले पनि उच्च प्राथमिकतामा राखेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित