कालीकोट । कर्नालि प्रदेशका तिन जना मन्त्रिले सपथ लिएका छन ।
कर्नालि प्रदेश सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा नन्द सिंह बुढा,भौतिक पूर्वाधार विकास मन्त्रालयमा अमर बहादुर थापा र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रिमा कुर्मराज शाहीले सपथ लिएका छन ।
कर्नालि प्रदेशका प्रमुख समक्ष सपथ लिएका छन । यस अघि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि रहनु भएको विमला केसीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ ।
कर्नालि प्रदेश सरकारमा मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको नेतृत्वमा ६ सदस्यिय मन्त्रिपरिषद रहेको छ ।
Discussion about this post