कालीकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द”विप्लव”ले अब सामन्तबाद कहिल्यै नफर्किने बताएका छन । नेकपा कालीकोटले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवते अब कहिल्यै पनि २०१९ साल, २०४७ साल फर्किदैन त्यो कल्पना गर्न नसकिने बताउँदै गणतन्त्र कहिल्यै पल्टिदैन । कसैले पल्टाउछ भन्नु दिवा सपना हो । यदि त्यसो भयो भने २०५२ साल फर्किने चेतावनी दिएका छन्।
महासचिव विप्लवले माओवादी विभाजन तर्फ इंगित गर्दै २०६४ सत्ता परिवर्तनका लागि संगै काठमाडौ गयौं तर आन्तरिक विवादका कारण अन्तरसंघर्ष तिव्र भएर सच्चिन आग्रह गर्दै आन्तरिक गल्ति देखेर चुप लागेर बस्न उचित थिएन । देश र जनताको परिवर्तन र विदेशी दलालि व्यवस्था विरुद्ध लाग्न विभाजन भएको दावि गर्दै नेपालको अस्तित्वलाई जोगाऊन पार्टी फुटेको बताउँदै अब माओवादी घटक एक भएर अघि बढने र वास्तविक नेपाली विशेषताको समाजबाद निर्माणमा एक भएर अघि बढ्ने बताएका छन।
नेता विप्लवले दलाल पुंजिवादी सत्ता परिवर्तन नहुँदा सम्म स्थानिय,प्रदेश र केन्द्रिय सत्ताले जति राम्रो काम गरेपनि जनताको पक्षमा केही नहुने बताएका छन । नेपाल कंगाल बनाउने दलाल राज्य व्यवस्थाका कारण नेपाल ग्रे लिष्टमा गएको प्रति नेता विप्लवले चिन्ता व्यक्त गरेका छन ।
सामान्तवाद जसरी समाप्त भयो अब दलाल पुंजिवादी व्यवस्था एक दिन अन्त हुने ठोकुवा गरेका छन ।
अहिलेको केपि वली नेतृत्वको सरकारले देश कंगाल बनाउने काम बाहेक अरु केही नगरेको बताउँदै समाजवाद निर्माणका लागि संविधान शंसोधन गर्नु पर्ने बताएका छन । रास्कोटको आरसिपि बजारमा भएको जनसभा कार्यक्रममा स्थायि समिति सदस्य भरत बम, “रणविर”, शन्तोष बुढा मगर “विषम” लगायतका नेताले सम्बोधन गरेका थिए ।
Discussion about this post