आठ सय बढिलाई आंखा उपचार गर्दै शिविर सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । गएको शुक्रबार देखि संचालन भएको आँखा शिविर मान्ममा सम्पन्न भएको छ । जिल्लाभरका आठ सय ६९ जना जेष्ठनागरिकको आंखा उपचार सेवा दिनुका साथै १ सय ६८ जना मोतिया बिन्दुको अप्रेसन गर्दै सोमबार शिबिर सम्पन्न भएको नेपाल नेत्रज्योति संघ कालीकोटले जनाएको छ ।

नेपाल नेत्र ज्योति संघ कालिकोट शाखाको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा आठ सय बढिको आँखाको उपचार सेवा लिन सफल भएकोमा आयोजकलाई जिल्ला बासिले धन्यवाद दिएका छन ।

वर्षेनि कालीकोट जिल्लामा हिंउदको समयमा आंखा शिविर हुने गरेको छ ।

आंखाको उपचारका लागि जिल्ला बाहिर जान नसक्नेहरुका लागि ठुलो अवसरका रुपमा लिदै आएको आँखा शिविर कहिले आउला भन्ने प्रतिक्षामा नागरिकहरु रहेका हुन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित